Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जनमुक्तिले भन्यो- संविधान पुनर्लेखन गरौं

हाम्रो कोशी आवाज
असोज ३ २०७७, शनिबार
धरानमा जनमुक्तिले भन्यो- संविधान पुनर्लेखन गरौं

धरानः राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको संविधान २०७२ को पुनर्लेखन हुनुपर्ने माग गरेको छ । संविधानमा त्रुटीहरू रहेको उल्लेख गर्दै त्यसमा रहेका त्रुटीहरूलाई सच्याउन संशोधनले मात्रै नपुग्ने भएकोले पुनर्लेखनको आवश्यकता रहेको औंल्याएको हो ।
धरानस्थित होटेल पूर्वी स्टारमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका केपी पालुङ्वाले सरकारले असोज ३ गते संविधान दिवस उत्सवको रूपमा मनाउन आग्रह गरेपनि जनमुक्तिले भने संविधानका त्रुटीबारे खबरदारी नै गर्दै आएको बताए । अध्यक्ष पालुङवाले तत्कालीन नेपाली काङ्ग्रेस, एमाले र माओवादीलगायतका पार्टीहरूले स्वागत गरेको दिनदेखि नै अहिलेसम्म नै दीप प्रज्वलन नै गरिरहेको भएपनि आफ्नो पार्टीले आजको दिनलाई कालोदिनको रूपमा नै मनाउने गरेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देनले संविधानलाई सबैले अपनत्व गर्न संविधान पुनर्लेखन गर्नुको विकल्प नभएको बताए । ‘कसैले संविधानको खारेजी र कसैले संशोधनको कुरा उठाएको अवस्थामा जनमुक्तिले संविधान पुनर्लेखनको माग अगाडि सारेको हो, सबै राम्रा कुरा यथावत राख्ने, नराम्रा कुरा जति हटाउने र नपुगेका धेरै कुरा समावेश गर्नका लागि पार्टीले संविधान पुनर्लेखनको माग अगाडि सारेको हो ।’ उनले भने । कार्यक्रम पार्टीका जिल्ला कार्य समिति सभापति विवेक राईको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: असोज ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend