Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का चलचित्र निर्देशक जुटे

हाम्रो कोशी आवाज
असोज ४ २०७७, आइतबार
प्रदेश १ का चलचित्र निर्देशक जुटे

धरानः प्रदेश न १ का निर्देशकहरू संगठित हुने उद्देश्यले केशव रायमाझी को अध्यक्षता मा ११ समिति चलचित्र निर्देशक समाज प्रदेश नं. १ गठन भएको छ ।
प्रदेश १ मा रहेर चलचित्र निर्देशनमा गरिरहेका निर्देशकहरूको छाता सङ्गठनको रूपमा नै यो यो समाजको स्थापना गरिएको हो । विगत चार दशकदेखि प्रदेशमा नै रहेर निर्देशन कार्यलाई निरन्तरता दिइरहेका विराटनगरका अग्रज निर्देशक रायमाझीलाई सर्वसम्मतद्वारा नै चयन गरेर अध्यक्ष पदको लागि नियुक्ति गरिएको थियो ।
चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुणकुमार प्रधानको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । कार्यक्रममा प्रेम सुब्बा, पर्शुराम चौधरी, प्रकाश सुब्बा लगायत प्रदेश न १ मा रहेका अधिकांश निर्देशकहरू भेला भएका थिए । नवनियुक्त भएको कार्यसमितिलाई चलचित्रकर्मी महासंघ प्रदेश १ का महासचिव दिनेश कोइरालाले निर्णयको माइन्युट हस्तान्तरण गरेका थिए ।
कार्यसमितिको सल्लाहकारमा अरुणकुमार प्रधान, प्रेम सुब्बा, पर्शुराम चौधरी, लाखमान योञ्जन, इन्द्र परियार, प्रकाश सुब्बा, भीम लामा रहेका छन् भने उपाध्यक्षमा रविन श्रेष्ठ (धरान), ज्ञानेन्द्र कोइराला (दमक), सचिवमा (हरेन्द्रमान खत्री (पथरी) सह सचिवमा विनोद पुडासैनी (विराटनगर) कोषाध्यक्षमा राजु चौधरी (विराटनगर) रहेका छन् ।
यस्तै, सदस्यहरुमा मौसम इम्बुङ (हङकङ), सूर्य चेम्जोङ ( पाँचथर), होमनारायण राजवंशी (झापा), हुदुवा खवास ( मोरङ), विजय सुब्बा (सुनसरी) रहेका छन् ।

 

प्रकाशित मिति: असोज ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend