धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी–३ ठेगाना भएका ५० वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार १२ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
मस्तिष्कघात भएर पटक मृगीको दौरा आउने, टाउको दुख्ने, उल्टी भएर आउने भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरबाट बीपी रिफर गरिएको थियो ।
रिफर भएर वीपीमा असोज ६ गते मंगलबार भर्ना भएका उनको मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरििस्थत प्रादेशिक प्रयोगशालामा परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । मृतकको शव नियमानुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।