Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका पहिरोपीडितलाई राहत वितरण (६ फोटो)

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
धरानका पहिरोपीडितलाई राहत वितरण (६ फोटो)

धरानः धरान–२० विष्णुपादुका आँपटारमा पहिरोबाट पीडितहरूलाई राहत वितरण गरिएको छ ।
टिम नेपो र सिस्टरहुड नेपालको संयुक्त आयोजनामा पीडित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहतमा २०० केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो ।
सो राहत आवश्यकताअनुसार वितरण गर्ने गरी धरान उपमहानगरपालिका वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाइएको हो । राहतका लागि आश्यक सामग्रीका लागि रोटरी क्लबमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले रु. ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरीका प्रतिनिधि प्रज्वल भण्डारीले बताए ।
छोराछोरी नभएका वृद्धवृद्धा भएका धरानका ५ परिवार समेत राहत वितरण गरिएको थियो । पहिरो जाने क्रममा गत ३ गते करिव १२ः३० वजे खाना खाइरहेको अवस्था एक्कासी जमिन खस्किन शुरु भएको थियो ।
स्थानीय बासिन्दाले थाहा पाएर वस्तुभाउ र केही सरसामान पनि सार्न भ्याएका थिए । मानिस तथा कुनै वस्तुभाउको क्ष्यति भने हुन नपाएको धरान २० निवासी कर्ण राईले जानकारी दिएका छन् । उनीहरूलाई हाल टेण्ट निर्माण गरी सुरक्षित स्थानमा सारिएको छ । टिम नेपो एक सामाजिक संस्थाको रुपमा रहेर शिक्षा, स्वास्थ्य, कृर्षि र वातावरणको क्षेत्रमा कर्यरत रहेको छ । कार्यक्रममा सिस्टर हुड नेपालकी सदस्य रोजिना भुजेल, रोटरी क्लव अफ धरानका अध्यक्ष दीपककुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रविन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । फोटोः मोहन

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend