धरानः धरानस्थित महिला सञ्जालमा नयाँ कार्य समिति चयन भएको छ ।
चेतना श्रेङको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको पाँचौ अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सपना राई, प्रथम उपाध्यक्षमा कोपिला भट्टराई र द्वितीय उपाध्यक्षमा यशोदा कायस्थ, सचिवमा लहरुमाया जिमी (याक्खा), कोषाध्यक्षमा सकुन भुसाल, सहसचिवहरुमा सीता मगर र निर्मला शाक्य, सहकोषाध्यक्षमा निर्मला नेपाल चयन भएका छन् ।
सञ्जालकी निवर्तमान अध्यक्ष सविता राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी प्रमुख अतिथी रहेकी थिइन् । सञ्जालको कार्यसमिति १५ सदस्यीय रहने गरेको छ ।