Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर-उपमेयरले भिजिट नेपाल २०२० लेखिएको झण्डा उडाए

हाम्रो कोशी आवाज
असोज ११ २०७७, आइतबार
धरानका मेयर-उपमेयरले भिजिट नेपाल २०२० लेखिएको झण्डा उडाए

धरानः विश्व पर्यटन दिवसलाई सम्झँदै धरानमा बेलुनसहित नेपाल पर्यटन वर्ष २०२० को झण्डा उडाइएको छ ।
सेछ ट्र«ाभलिङ धरानले विश्व वातावरण दिवसलाई सम्झँदै यो कार्यक्रम राखेको हो । आइतवार धरान उपमहानगरपालिकाको प्राङ्गणबाट नगर प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीले सो झण्डा उडाएका थिए । नगरप्रमुख राईले धरानलाई पर्यटकीय नगरको रुपमा स्थापित गर्न पर्यटन विकास समितिमार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
उनले कोभिड १९ कोरोना संक्रमणका कारण यस अवसरमा कुनै पनि कार्यक्रम गर्न नसकिएको जानकारी गराए । सानो भएपनि कार्यक्रम आयोजना गरेकोमा सेछ ट्राभलिङलाई राईले धन्यवादन ज्ञापन गरे । पर्यटन दिवस आफूहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाउँदै आएको जानकारी गराउँदै कोभिडको कारण अरु केही गर्न नसकिए पनि विश्व पर्यटन दिवसलाई सम्झन सानो छोटो कार्यक्रमको आयोजना गरिएको पर्यटनकर्मी बासुदेव बरालले जानकारी गराए ।
सेछ ट्र«ाभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले पर्यटन दिवसको शुभकामनासहित उपस्थित मेयर, उपमेयर र मिडियाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गरिन् । पर्यटन दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपालको हिमालहरु आरोहण गनर्, प्राकृतिक, धार्मिक अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखै पर्यटकहरु आउने गर्दथे । तर यस वर्ष कोभिड १९ का कारण पर्यटन व्यवसाय नै शुन्यको अवस्थामा पुगेको छ । सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वब्यापी पर्यटनको प्रवद्र्धन भन्ने यस वर्षको विश्व पर्यटन दिवसको नारा रहेको छ । फोटोः लक्ष्मण थापा

प्रकाशित मिति: असोज ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend