Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असोज १३ २०७७, मंगलबार
धरानको बीपीमा संक्रमित पुरुषको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एकजना मोरङका कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत मोरङको सुनवर्षी ७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ः०० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको नोवेल शिक्षण अस्पतालले आइसिय्मा उपचाररत वृद्धलाई थप उपचारका लागि असोज १० गते प्रतिष्ठान रेफर गरेको थियो ।
प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि संक्रमित वृद्धलाई बचाउन नसकिएको डा. सापकोटाले जानकारी दिए । पीसीआर परीक्षण गराउँदा वृद्धमा असोज ५ गते कोरोना पृष्टि भएको थियो । नोबेलमा रहँदा स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि प्रतिष्ठानमा रेफर गरिएको नोबेलले जनाएको छ ।
डा. सापकोटाले मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी नयाँ समस्या देखिएको जानकारी दिए । उनका अनुसार उच्च रक्तचाप, मधुमेह र मृगौलाको पुरानै समस्या पनि थियो । वृद्धले मृगौलाको नियमित डाइलासिस गराइरहेको सापकोटाको भनाइ छ । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।
यस्तै, कोशी अस्पताल विराटनगरको आइसोलेसनमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई अस्पताल पुरयाएलगत्तै केहीबेरमै मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका आइसोलेसन संयोजक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले ती वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको भन्दै पुरुषलाई सोमबार दिउँसो २ः४५ बजे अस्पताल लगिएको थियो । उनको सोमबार दिउँसो ३ः०५ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति: असोज १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend