Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुसी खोप सफल भए मंसिरमा नेपालमा आउने

हाम्रो कोशी आवाज
असोज १४ २०७७, बुधबार
रुसी खोप सफल भए मंसिरमा नेपालमा आउने

धरानः रूसले परीक्षण गरिरहेको खोप सफल बने मंसिरको दोस्रो साता नेपालमा पनि ल्याइने भएको छ ।
सफल भए नेपालमा ल्याउने एक किसिमको सहमति भएको हो । रुरसियन डाइरेक्ट फन्ड र नेपालको ट्रिनिटी फर्मास्युटिकलबीच खोपले सफलता प्राप्त गरेमा नेपाल ल्याउने सहमति भएको हो ।
परीक्षण क्रममा रहेको खोप सफल भए मङ्सिरको दोस्रो साता खोप नेपाल ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारीले जानकारी दिए । उनका अनुसार रूसमा तेस्रो चरणमा रहेको खोपले सफलता पाए अक्टुबर पहिलो साता अर्थात यही असोज तेश्रो साता प्रयोगमा अनुमति पाउनेछ ।
उता संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरसविरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाविरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएका हुन् । ‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,’ उनले भने ।
राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अत्यका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ(आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असोज १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend