धरानः धरानमा बुधबार धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र उपमहानगरका कर्मचारीसहित ३० जना कोरोना संक्रमित थपिएका छन् । धरानमा योसँगै ५ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले धरान उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ३० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । स्वास्थ्य महाशाखा प्रमुख मेहताले ३३ जना स्वाब संकलन गरिएकामध्ये ३० जनामा कोरोना पुष्टि भएको हो । ‘एकजना न्यायिक समितिमा काम गर्ने र अर्का वडा सदस्य छन्’, उनले भने, ‘त्यस्तै, उपमहानगरपालिकाका कर्मचारी पनि छन् ।’
संक्रमण पुष्टि हुनेहरूमा धरान १२ का ३० र ३७ वर्षीय पुरुष, धरान–३ का ५१, २८ र २९ वर्षीय पुरुष, धरान १५ का २७, ४९, २४ वर्षीय पुरुष र ३२ वर्षीय महिला रहेका छन् ।
यस्तै, धरान–१७ का ३६, ३७, २६, २६ वर्षीय पुरुष, धरान–२ का ३८ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, धरान–१६ का ३१ र २७ वर्षीय २ महिला, ३१ वर्षीय पुरुष, धरान ठेगाना लेखाइएका र वडा उल्लेख नभएका २३, ३०, ३७ र २७ वर्षीय पुरुष, धरान–५ का ३५ वर्षीय पुरुष, ३३ वर्षीय महिला, धरान–१ का ७० वर्षीय पुरुष र धरान ७ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, धरान–१० का ५२ वर्षीय पुरुष, धरान–१८ का ३४ र ४० वर्षीय पुरुष, ६० र ४७ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।