Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ सर्वेक्षणः रक्सी खाने बढे

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
नयाँ सर्वेक्षणः रक्सी खाने बढे

धरानः नेपालमा मदिरा सेवनकर्ता बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)२०२० सर्वेक्षणले नेपालमा धुमपान गर्ने घटेको, तर मध्यपान गर्ने मानिसको संख्या बढेको देखाएको हो ।
पछिल्लो ६ वर्षको अवधीमा नेपालमा धूमपान प्रयोगकर्ता घटेका छन् । तर, यही अवधीमा मदिरा सेवनकर्ता भने बढेका छन् । देशभरका १५ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुमा गरिएको सो सर्वेक्षणमा ५ हजार ५९३ जना सहभागी भएका थिए ।
सर्वेक्षण अनुसार सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थ सेवन कर्ता ३०.७ प्रतिशत थिए । तर २०१९ मा गरिएको सर्वेक्षणले नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता २८.९ प्रतिशत रहेको देखाएको छ । त्यसमा पनि अझ धूमपान सेवनकर्ताको मात्रै तथ्य खोज्ने हो भने सन् २०१३ मा १८.४ प्रतिशतले धूमपान गर्दथे ।
सन् २०१९ मा आउँदा धूमपान प्रयोगकर्ता १७.१ प्रतिशत रहेको छ । तर यो अवधीमा धूमपानको सेवनकर्तामध्ये पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको छ । सर्वेक्षणका अनुसार सन् २०१३ मा २७ प्रतिशत पुरुष धूमपान प्रयोगकर्ता थिए । सन् २०२८ मा धूमपान प्रयोगकर्ता पुरुष २८ प्रतिशत पुगेको छ । धूमपान प्रयोगकर्ता महिला भने सन् छ बर्ष अघि र अहिलेमा घटी देखिएको छ । सन् २०१३ मा १०.३ प्रतिशत रहेकामा सन् २०१९ मा आउँदा सो संख्या घटेर ७.५ प्रतिशतमा झरेको छ ।
नसर्ने रोगको कारक तत्व मानिने मदिराजन्य पदार्थ (अल्कोहल) प्रयोगकर्ता यो छ वर्षको अवधीमा बृद्धि भएको छ । सर्वेक्षणका अनुसार सन् २०१३ मा १७.४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०.८ प्रतिशत पुगेको छ । यो अवधीमा पुरुष र महिला दुवै सेवकर्ताको प्रतिशत बढेको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा परिषद्ले हरेक छ छ बर्षमा नसर्ने रोगको जोखिम तत्वहरुको सर्वेक्षण गर्ने गर्दछ ।
सर्वेक्षणका अनुसार सन् २०१३ मा १७. ४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०.८ प्रतिशत पुगेको छ। यो अवधिमा पुरुष र महिला दुवै सेवनकर्ताको प्रतिशत बढेको छ। सर्वेक्षणमा बानी व्यवहार सम्बन्धि मदिरा, आहार, शारीरिक क्रियाकलाप विवरणहरू संकलन गरिएको थियो । मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचापजस्ता शारीरिक मापन गरिएको थियो ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend