Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मौसम परिवर्तन हुँदा पनि १०३ डिग्री ज्वरो त आउँछ !

हाम्रो कोशी आवाज
असोज २० २०७७, मंगलबार
मौसम परिवर्तन हुँदा पनि १०३ डिग्री ज्वरो त आउँछ !

धरानः भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । अझ भनौँ, जब मानिसको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि मानिसलाई भाइरल ज्वरो आउँछ । प्रायः मौसम परिवर्तन हुने समयमा मानिसलाई भाइरल ज्वरो आउँछ ।
भाइरल ज्वरो आएको समयमा मुख बार्ने, धूवाँ, धूलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने । भाइरल ज्वरोकै कारणले अन्य रोग समेत लाग्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्याउनुपर्छ ।
भाइरल ज्वरोकै कारणले जण्डिस, टाइफाइड, भाइरस इन्फेक्सन (वाकवाकी, पखाला तथा पेट दुःख्ने तथा ठेउलासम्म हुनसक्छ ।
ज्वरो आउँदा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले भाइरल बलियो हुन्छ । तर १०-१५ दिनमा ज्वरो आफैँ ठीक हुन्छ ।
लक्षणः कमन कोल्ड (रुघा, खोकी), १०२-३ डिग्री ज्वरो आउनु, कुनै एक समय ज्वरो आउनु (बिहान, दिउँसो, राति) ज्वरो आउनु, खोकी लाग्नु, खान मन नलाग्नु, अल्छी लाग्नु, जिउ दुःख्नु, टाउको दुःख्नु, घाँटी दुःख्नु ।
बच्ने उपायः भाइरल ज्वरोबाट बच्ने उपाय भनेकै सबैभन्दा पहिला भाइरल लाग्नै नदिनु हो । धूवाँ धूलोबाट बच्ने, मुखमा मास्कको प्रयोग गर्ने, भिटामिन सी तथा फलफूल खाने, उमालेको पानी प्रशस्त पिउने, जंगफुड नखाने, सरसफाइमा विशेष ध्यान दिने, खोक्दा, हाच्छ्युँ गर्दा वा हाइ गर्दा सधैँ रुमालले मुख छोप्ने गर्नुपर्छ ।

भाइरल ज्वरो आएमा, सिटामोल, एन्टिकोल्ड, निको लगायतका औषधि प्रयोग गर्न सकिन्छ । तर ज्वरोकै कारणले लाग्नसक्ने अरु रोगबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ ।
अहिले मौसम परिवर्तनको समय हो । हरेक वर्ष यो बेला रुघाखोकी लाग्नेगरेकै थियो । तर यसपटक कोरोना संक्रमण फैलिएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेको संख्या धेरै छ । हुन पनि हो, सामान्य रुघाखोकी लागेको हो कि कोरोना, कसरी छुट्याउने ? यस विषयमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेको भनाइ यस्तो छ:
मौसमी रुघाखोकीका लक्षणः नाकबाट पानी आउने, नाक बन्द हुने, हाच्छिउँ आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने । त्यस्तै, सामान्य उपचार तथा आरामले फाइदा गर्ने, छोटो समयमा निको हुने, अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने हुन्छ ।
कोरोना संक्रमणका लक्षणः उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा र गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने, खाना नरुच्ने, निको हुन १० दिन लाग्न सक्ने, अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने ।
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।

प्रकाशित मिति: असोज २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend