Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ४८ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज २२ २०७७, बिहिबार
धरानमा ४८ संक्रमित थपिए

धरानः धरानमा बिहीबार थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । धरानका पत्रकार दम्पत्तिसहित ४८ जनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकामध्ये ४८ जनामा कोरोना देखिएको हो । धरान–११ का ६९ वर्षीय पुरुष, धरान–८ की ६२ वर्षीया महिला, धरान–१६ की २५ वर्षीया युवती, धरान–१९ की २३ वर्षीया युवती, धरान–१५ का ३५ वर्षीय पुरुष, धरान–१५ का ५० वर्षीय पुरुष, धरान–१६ का ३५ वर्षीय पुरुष, धरान–१५ को ४१ वर्षीया महिला, धरान–११ का ५५ वर्षीय पुरुष, धरान–११ कै २४ वर्षीया युवती, धरान–१५ का चिकित्सकका ५ वर्षीय छोरामा पनि कोरोना पुष्टि भएको छ ।
यस्तै, धरान–१५ कै ५७, ४० र ६४ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, धरान–११ की २७ वर्षीया युवती, धरान–१५ का ४२ वर्षीय पुरुष, ४२ वर्षीया महिला, धरान–१४ का ३५ वर्षीय पुरुष, धरान–१ को ४१ वर्षीय पुरुष, धरान–९ को ६० वर्षीय पुरुष, धरान–१९ की २६ वर्षीया युवती, धरान–१२ को ७४ वर्षीय पुरुष, धरान–१९ की २५, ३० वर्षीया युवती र १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । अन्य संक्रमित धरान–१८ ठेगाना लेखाएका हुन् । उनीहरू बीपी प्रतिष्ठानमा कार्यरत् कर्मचारीलगायत रहेको उनले जानकारी दिए । यस्तै, कतिपयले धरान ठेगाना मात्रै लेखाएको समेत पाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: असोज २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend