Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवायुवतीद्वारा भानुचोकमा मौन विरोध (१५ तस्वीर)

हाम्रो कोशी आवाज
असोज २४ २०७७, शनिबार
युवायुवतीद्वारा भानुचोकमा मौन विरोध (१५ तस्वीर)

धरानः धरानको भानुचोकमा युवायुवतीले प्रदर्शन गरेका छन् । देशमा दिनप्रतिदिन बढ्दै गइरहेको महिला हिंसा र बलात्कारविरुद्ध शनिबार धरानमा मौन विरोध प्रदर्शन भएको हो ।
किशोर–किशोरीहरूको ‘युएस समूह’ ले महिला हिंसाविरुद्ध विभिन्न नाराहरू लेखिएका प्ले कार्डहरु बोकेर भानुचोक घण्टाघरअगाडि सडक पेटीमा लामबद्ध उभिएर मौन विरोध गरेका थिए । ‘बलात्कार भएपछि लास भेटिन्छ अनि आन्दोलन हुन्छ त्यसपछि सामाजिक सञ्जालमा भाइरल हुन्छ, छानबिन टोली गठन हुन्छ तर दोषी पत्ता लाग्दैन। त्यसपछि सबैले भुल्दै जान्छन्, यसरी छोरीको जीवन सकिन्छ’ भन्ने जस्ता संवेदनशील कुराहरु लेखिएका प्ले कार्डहरू किशोरकिशोरीले हातमा बोकेका थिए ।
समूहकी सदस्य सुस्मिता भट्टराईले शक्ति र पैसाको आडमा बलात्कारमा संलग्न दोषीले उन्मुक्ति पाइरहेको हुँदा फाँसीको सजाय हुनुपर्ने बताइन् । त्यस्तै, सिमरन भट्टराईले बलात्कारीलाई फाँसीको सजायको ब्यवस्था गर्न माग गरिन् । मौन विरोधमा ९ वर्षीया बालिका स्मारिका श्रेष्ठ समेत सहभागी थिइन् । समूहकी अर्का सदस्य सवनम जोशीले देशमा किशोरीहरूले स्वतन्त्र रुपमा हिँड्न नै डर भएको बताउँदै बलात्कारविरुद्ध कडा कानुन बनाउन सरकारलाई आग्रह गरिन् ।
बलात्कारीलाई फाँसीको सजाय हुनैपर्ने अर्का सदस्य मीरा राईले बताइन् । पञ्चायत आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले देशमा बढ्दै गइरहेको महिला हिंसा र बलात्कारका घटनाप्रति सरकार, राजनीतिक दल र समाज संवेदनशील हुनुपर्ने बताए ।
तस्वीरहरूः तिर्थ कार्की

 

प्रकाशित मिति: असोज २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend