Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-२ का ८९ वर्षीय संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज २६ २०७७, सोमबार
धरान-२ का ८९ वर्षीय संक्रमितको मृत्यु

धरानः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–२ का ८९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बीपी प्रतिष्ठानबाटै कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचापको पनि समस्या भएका उनमा गत २३ गते कोरोना पुष्टि भएको थियो । उनी असोज २३ गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत २३ गते कोरोना पुष्टि भएको थियो । उनको गत आइतबार ११ः बजे मृत्यु भएको हो । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असोज २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend