Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-भेडेटार सडकमा ट्रकको ब्रेक फेल

हाम्रो कोशी आवाज
कार्तिक ४ २०७७, मंगलबार
धरान-भेडेटार सडकमा ट्रकको ब्रेक फेल

धरानः धरान-४ कोशी लोकमार्ग देवीथानमा धरानबाट भेडेटार गिटी बोकेर जाँदै गरेको ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।
मङ्गलबार १२ः४५ बजे सो दुर्घटना भएको हो । ना७ख २९७ नम्बरको ट्रक ब्रेक फेल भई अन्दाजी ७०० मिटर भीरमा झरी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरान, सुनसरीले जनाएको छ । घाइतेहरूको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । ‘ट्रक अन्दाजी ७ सय मिटर भीरमा झरेको र घटनास्थलमा नै अड्कीएको अवस्थामा भेटिएको थियो’, जिल्ला ट्राफिक प्रहरी प्रमुख भुवनबहादुर खड्काले भने, ‘घाइतेको उपचार प्रतिष्ठानमा भइरहेको छ ।’
दुर्घटनामा इटहरी–५ बस्ने वर्ष ३५ सुवास राई, धनकुटा बुधबारे–६ बस्ने वर्ष २५ को सञ्जय श्रेष्ठ, पाँचथर दुरबिन्दा–४ बस्ने वर्ष ६४ को गंगा कार्की, वर्ष ५० कि युक्तमाया कार्की, सुनसरीको बराहा नपा–५ बस्ने वर्ष २३ को अश्विन चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक सुवासको टाउकोमा चोट र बोल्न नसक्ने अवस्थामा रहेको, सहचालक सञ्जय टाउको खुट्टामा चोट रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार राति करिब १० बजे धरानमा टेम्पो दुर्घटना भएको छ । आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् भने चारजना सामान्य घाइते भएका छन् ।
धरान–३ पुरानो बजारस्थित भित्री सडक खण्डमा को२ह ६४३६ नम्बरको अटो टेम्पो आफै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिकका हवल्दार दीपराज अधिकारीले जानकारी दिए । उनीहरूको उपचार प्रतिष्ठानमा भइरहेको छ । घाइते हुनेमा चालक इटहरी–३ बस्ने दाछिरिङ शेर्पा (दाहिने हातमा चोट अवस्था बोल्न सक्ने), सोही ठाउँका वर्ष ४० कि देवीमाया सार्की (निधारमा चोट अवस्था बोल्न सक्ने), सोही ठाउँकी वर्ष ३९ कि उर्मिला खड्का (बायाँ कन्चटमा चोट, बोल्न सक्ने ) निजकै छोरी वर्ष ८ कि समीक्षा खड्का (मुखमा चोट बोल्न सक्ने), निजकै छोरा वर्ष ६ को ओस्कर खड्का (दाहिने कन्चटमा चोट बोल्न नसक्ने) छन् ।

प्रकाशित मिति: कार्तिक ४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend