Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः कक्षा-१२ को परीक्षा मंसिर ९ देखि (यस्तो छ तालिका)

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७७, बुधबार
अन्ततः कक्षा-१२ को परीक्षा मंसिर ९ देखि (यस्तो छ तालिका)

धरानः कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ः०० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार देशभरि करिव साढे चार हजार परीक्षा केन्द्र रहनेछन् । विगतमा करिव एक हजार एक सय परीक्षा केन्द्र कायम गरिन्थे ।
गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend