धरानः कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ ।
यो औषधि श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र चलाइने चिकित्सकले बताएका छन् । नेपाल ल्याउन लागिएको रेमडिसिभिर क्लिनिकल ट्रायल गरिरहेको संस्था जुलियडको लाइसेन्स लिएर भारतीय कम्पनी सिप्लाले उत्पादन गरेको औषधि हो । जुन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छ । औषधि यतिकेम डिस्टिबयुटले ल्याउन लागेको हो ।
पहिलो चरणमा ३ हजार भाइल केहीदिनभित्रै नेपाल आइपुग्ने यतिकेम समूहका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले जानकारी दिए । कम्पनीसँग २० हजार भाइलको सम्झौता भएको र तत्काल ३ हजार तथा थप ५ हजार भाइल एक साताभित्रै नेपाल आइपुग्ने बैद्यले बताए ।
यसअघि सो औषधि वैद्यले सरकारको आग्रहअनुसार निर्माता कम्पनीसँग कुरा गरेर नयाँ मूल्य तय गरेकोसमेत जानकारी दिए । यसअघि सो औषधिको मूल्य नेपाली बजारमा ६ हजार ४०० थियो । नयाँ मूल्यअनुसार अब यो औषधिको मूल्य नेपालमा ५ हजार ३ सय पर्ने उनले जानकारी दिए ।