धरानः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनियासमेत भएको छ ।
कार्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको उनका आफन्त विवश पौडेलले बताए । पहिला वीर अस्पतालमा भर्ना भएका उनलाई दुई दिन वीरको आईसीयूमा राखिएको थियो । पौडेलका अनुसार उनलाई फोक्सोमा निमोनियाको समेत संक्रमण भएको छ । उनको फोक्सोमा निमोनिया भएको जानकारी चिकित्सकहरूले दिएको उनले बताए । ‘उहाँ ६ दिनदेखि अस्पतालमा हुनुहुन्छ । ग्राण्डीको आइसियूमा राखेको पनि तीन दिन भयो ।’ उनले भने ।
गत कात्तिक १ गते उनमा कोरोना पुष्टि भएपछि केहीदिन उनी होम आइसोलेसन बसेका थिए ।