धरानः गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ । यस गीतलाई शैलेन्द्र एम प्रधान (बावु ) ले संगीत संयोजन गरेका हुन् ।
कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा (धुर्व) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ । यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक कँडेलको अफिसिएल युट्युव च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो ।
विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कँडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ‘परीक्षा’ नामक एल्वम सार्वजनिक गरिसकेका छन् । गायक कँडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।
