Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा ठक्कर दिने सवारी भेटियो

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७७, मंगलबार
धरानको भानुचोकमा ठक्कर दिने सवारी भेटियो

धरानः धरानस्थित भानुचोकमा ठक्कर दिने सवारी साधन र मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।
सोमबार राति धरानस्थित भानुचोकमा ठक्कर दिएर सवारी साधन फरार रहेको थियो । ठक्कर दिई मृत्यु हुने धरान–७ बस्ने निर्मल तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनको खास घर सिक्किम रहेको र धरान–७ मा बस्दै सिटी सफारी चलाउँदै आएको खुल्न आएको उनले जानकारी दिए ।
अन्दाजी ३५ वर्षका उनलाई को१ज २५९१ टाटा सुमोले ठक्कर दिएको उनले जानकारी दिए । सो सवारी साधनका चालक फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए । सो सवारी साधन धरान–८ स्थित बरगाछीमा फेला परेको थियो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको सो सवारीले तामाङलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको धरानस्थित बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । उपचारको क्रममा सोमबार राति करिब ११ः१५ मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता धरान-तरहरा सडक खण्डअन्तर्गत जंगलमा पनि एक सवारी साधनले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । तर हालसम्म सवारी साधन र ठक्करले मृत्यु हुने व्यक्तिको पहिचान समेत नखुलेको उनले जानकारी दिए ।
सवारीसाधनले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार ८ः३० बजे मृत्यु भएको थियो । अन्दाजी ३० वर्षको देखिने उनको गम्भीर अवस्थामा प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend