Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘होम आइसोलेशनमा बसेका संक्रमितले जथाभावी औषधि नखाऔं’

हाम्रो कोशी आवाज
कार्तिक १९ २०७७, बुधबार
‘होम आइसोलेशनमा बसेका संक्रमितले जथाभावी औषधि नखाऔं’

धरानः स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भइ होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई जथाभावी औषधि सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो बताएका छन् ।
उनले भने, ‘कोरोना संक्रमित भइ घरमा नै आइसोलेशनमा बस्नुभएकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकाहरुसँग सरसल्लाह गरी विभिन्न औषधिहरु सेवन गरेको पाइएको छ । यसरी जथाभावी आफूखुशी औषधी सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न अनुरोध गरिन्छ ।’
डा.गौतमले होम आइसोलेशनमा आफूले गर्न नभ्याएर नगरेका र गर्न मन लागेका कोठामा बसेर गर्न मिल्ने सिर्जनात्मक कामहरु गर्न आग्रह गरे । उनले थपे, ‘किताब पत्रपत्रिका पढ्ने, समाचार सुन्ने, गीत सुन्ने, फिल्म हेर्ने जस्ता कामहरु गरी मन भुलाउनुहोस् ।’
उनले संक्रमणसँग निरन्तर लड्न प्रतिरोधात्मक शक्ति चाहिने र सो शक्ति खानाबाट मात्रै प्राप्त हुने भएकाले स्वस्थ खानेकुरा पर्याप्त मात्रामा खानुपर्ने सल्लाह दिएका छन् । साथै उनले परिवारको कुनै सदस्य संक्रमण भइ घरमै आइसोलेसनमा भएमा सबैजनाले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र सफासुघरसँग बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: कार्तिक १९ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend