धरान–५ आँपटारका कृषकलाई धान काट्ने चटारोले छोएको छ । अहिले त्यहाँलगायत वडा नं. ६ का कृषकहहरु धान काट्नमा व्यस्त छन् ।
यस वर्ष रासायनिक मल समयमै नपाएपनि पानी भने समयमै पर्याप्त परेकाले धान उत्पादन बढ्ने कृषकहरुको भनाई छ । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार भित्रिँदै गर्दा समेत धान काट्नमा व्यस्त कृषकका तस्वीर हाम्रो कोशी आवाजका फोटो सम्पादक लक्ष्मण थापाले क्यामेरामा कैद गरेका छन् ।



