Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत नेपालका मारवाडी अग्रवालले धुमधामसाथ मनाए राष्ट्रियस्तरको अग्रसेन महोत्सव

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७७, बिहिबार
धरानलगायत नेपालका मारवाडी अग्रवालले धुमधामसाथ मनाए राष्ट्रियस्तरको अग्रसेन महोत्सव

धरानः नेपालमा दुई सय वर्षभन्दा पनि बढीको इतिहास रहेको मारवाडी समाजकै एक अति विशेष प्रमुख घटक हो अग्रवाल समाज । जसको नेपालमा मात्र नभई सम्पूर्ण विश्वभरीनै हरेक क्षेत्रमा महत्वपूर्ण देनहरु रहेको छ ।
यिनै अग्रवालहरुको नवसंरचित सामाजिक संस्था ‘नेपाल अग्रवाल महिला संगठन (तदर्थ समिति)’ एवम् सहयोगी संस्था राष्ट्रिय अग्रवाल सम्पर्क मञ्च, नेपाल (वाट्सप ग्रुप) ले पहिलोपटक नेपालमा अग्रवंश शिरोमणि श्री अग्रसेनजी महाराजको ५१४४ औं जन्म जयन्ती (अग्रसेन महोत्सव २०७७) अनलाइनको माध्यमबाट राष्ट्रव्यापीरुपमा हर्षोल्लास एवम् धूमधामको साथ मनाएको छ ।
असोज ३० गतेदेखि कार्तिक १५ गतेदेखिसम्म सप्ताहव्यापीरुपमा विविध कार्यक्रमका साथ मनाएको छ । अग्रसेन काव्य सध्याबाट शुरु गरिएको सो कार्यक्रमको समापन कार्तिक ७ गते महाआरती तथा अग्रवालहरुकी कुलदेवी महालक्ष्मी माताको ‘लक्ष्मी स्तुवनन’ पाठ गरी गरिएको छ ।
संस्थाका सुत्रधार साहित्यकर तथा समाजसेवी लक्ष्मण नेवटियाको मार्गदर्शनमा तथा साहित्यकार तथा संस्थाकी केन्द्रीय सदस्य सचिवमा रहेकी इन्दु तोदीको निर्देशनमा कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
कार्यक्रम सुव्यवस्थित ढंगले सुसम्पन्न गर्नका लागि क्षेत्र नं.४ की संयोजक तथा कार्यक्रमकी सभापति रश्मिजी कानोडिया, क्षेत्र न.१ की संयोजक रेनुजी अग्रवाल, क्षेत्र न २ की सीताजी अग्रवाल, क्षेत्र न.३ की स्वातिजी अग्रवाल, क्षेत्र न. ५ की रेखाजी सरियाको संयोजकत्वमा ९ कार्यक्रमहरुको छुट्टाछुट्टै उपसमितिहरूको गठन गरिएको थियो ।
जसमध्ये सबैभन्दा प्रमुख आकर्षणको केन्द्र बन्यो ‘श्री अग्रसेन महाआरती’ । यसमा देशभरीका अग्रवाल समाजका दाजुभाइ दिदीबहिनीहरु नेपालबाट मात्र न भई भारतका पनि विशिष्ट अग्रवाल महानुभावले विशेष साजसज्जाका साथ एकै चोटी जूम अनलाइनमा महाआरती एवम् महालक्ष्मी स्तुतनको पाठ गरे । जुन अलौकिक, अद्भूत अद्वितीय दृष्य बन्न पुगेको छ । कार्यक्रम दिपा खेडरिया र उनकों टीमको संयोजकत्वमा भयो ।
त्यसैगरी ‘अग्रसेन काव्य सध्या’ सारिकाजी अग्रवाल, र उनको टिमद्वारा असोज ३० गते सम्पन्न भयो । टयालेन्ट हन्ट प्रतियोगिता इशाजी अग्रवाल, नारायणघाट र उनको टीम, फैन्सी ड्रेस प्रतियोगिता पारुलजी गोयल नेपालगञ्ज र उनको टिम, नृत्य तथा स्पीच प्रतियोगिता बसन्तीजी तायल काठमाण्डौ र उनको टिम, अग्रज्ञान प्रतियोगिता रेनुजी अग्रवाल वीरगंज र उनको टिम, अट्ठारह जोडा गोत्र प्रतियोगिता आरतीजी गर्ग, धरान र उनको टिम संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतियोगिताहरुका निर्णायकको भूमिकामा (अग्रज्ञान प्रतियोगिता सुरेश अग्रवाल (अध्यक्ष, आदर्श निर्माण मन्दिर, विराटनगर), टयालेन्ट हन्ट प्रतियोगिता (पिंकी राजगडरिया (मुम्बई मिसेज) एशिया यूनिवर्स, बिजनैस लेडी अफ, यूनिवर्स), बीनाजी अग्रवाल, भैरहवा (उपाध्यक्ष, नेपाल राष्ट्रिय मा.म.संगठन), श्री नितु सोमानी, बिर्तामोड (संयोजिका, बालविकास समिति, अ. भा मा. म.सं.), फैन्सी ड्रेस (रेखा मोदी,काठमाण्डौ (आर्गनाइजर, फेस अफ मारवाडी), पुनीत बंशल, धुलाबारी (समाजसेवी), अंशिका अग्रवाल, काठमाण्डौ (फैशन डिजाइनर), नृत्य प्रतियोगिता (अनुजा अग्रवाल, बिर्तामोड (प्रथम विजेता (छमछमी), दीप्ति राठौड, विराटनगर (नृत्य निर्देशिका) विराटनगर, नीधि राठी, विराटनगर (नृत्य निर्देशिका), स्पीच कम्पीटिशन (बिना अग्रवाल उपाध्यक्ष (ने.रा मा.म.स.), पुनीत बंशल, धुलाबारी (समाजसेवी), अट्ठारह गोत्र जोडा (अंशिका अग्रवाल, काठमाण्डौ (फैशन डिजाइनर), अरुणा बाजेसरिया, बैंगलोर (साहित्यकार), गीरिराजजी अटल, इनरुवा (साहित्यकार) रहेका थिए ।
सबै कार्यक्रमको एकमुष्ट कार्यक्रम तथा नतिजा एवम् पुरस्कार वितरण कार्यक्रम ‘अग्रसेन महोत्सव–२०७७’ को आयोजनामा कार्तिक १५गते लक्ष्मण नेवटियाको मार्गदर्शन, रश्मि कानोडियाको अध्यक्षता एवम् इन्दु तोदीको संयोजनमा भएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष ई. रामअवतारजी अग्रवाल तथा विशिष्ट अतिथिमा नेपाल अग्रवाल सभा विराटनगरका पूर्व अध्यक्ष गोविन्दजी झुनझुनवाला रहेका थिए भने अन्य थुप्रै विशिष्ट महानुभावहरुको उपस्थिति कार्यक्रम सकिएको थियो ।
कार्यक्रममा संस्थाका लक्ष्मण नेवटिया, राजेन्द्र खेतान सभाध्यक्ष, प्रमुख अतिथि लगायत सबै विशिष्ट महानुभावहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा सबै कार्यक्रमका उत्कृष्ट प्रस्तुतिहरुलाई देखाउनुका साथै विजेता तथा अतिथिहरुलाई पदक तथा सम्मानपत्रद्वारा सम्मानित गरियो । संस्थाका सुत्रधार लक्ष्मणजी नेवटियाको विशेष सम्मान सम्मानपत्रका साथमा पाँचै प्रदेशका संयोजकहरुले मिलेमतोमा गरेका थिए ।
कार्यक्रमको थालनी संखनाद तथा अग्र झन्डागानबाट गरिएको थियो । पुरस्कार समितिकी संयोजिका अनिताजी बंशल, धुलाबारी तथा उनको टिमले लगनशिलता र मिहिनेतका साथ यस महत्वपूर्ण जिम्मेवारीलाई समय मै पूरा गरेका थिए । आउने दिनमा पनि यस्तो ऐतिहासिक कार्यक्रम गर्दै नेपालवासी सबै अग्रवाल दाजुभाइ दिदीबहिनीहरुमा पारम्परिक मूल्य मान्यताको जगेडा, आपसी भाइचारा प्रेम, एकबद्धता एवम् सद्भावनाको अभिवृद्धि हुने छ भन्ने विश्वास हामी सबैले लिएको केन्द्रीय सदस्य सचिव इन्दु तोदीले जानकारी दिइन् ।

प्रकाशित मिति: कार्तिक २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend