धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ ।
कमलपुर–१ सप्तरीका ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनको शुक्रबार १ः३० बजे मृत्यु भएको उनले जानकारी दिए । उनी कार्तिक २० गते गते कोभिड अस्पताल भर्ना भएका थिए । उनमा गत २० गते कोरोना पुष्टि भएको थियो । उनमा दीर्घ रोग भए नभएको जानकारीमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ । हाल प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३१ जना पीसीआर पोजिटिभका बिरामी रहेका छन् भने दुईजना कोरोनाका शंकास्पद बिरामी अस्पतालमा रहेको जनाइएको छ ।