Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किन ‘नेगेटिभ’ हुन्छ हाम्रो दिमाग ?

हाम्रो कोशी आवाज
मंसिर ६ २०७७, शनिबार
किन ‘नेगेटिभ’ हुन्छ हाम्रो दिमाग ?

धरानः दैनिक जीवनमा हामीले कहिले प्रशंसा पाउँछौँ त कहिले आलोचना । तर, हाम्रो दिमागमा प्रशंसा भन्दा पनि आलोचना अर्थात् नकारात्मक कुराले बढी स्थान पाइरहेको हुन्छ । हाम्रो दिमागमा सकरात्मकता भन्दा पनि बढी नकारात्मकताले ठाउँ लिएको हुन्छ । यसको प्रमुख कारण हाम्रो दिमागले टिप्पणी गर्ने नकारात्मक विषयप्रतिको बढी फोकस हो ।
जति आनन्द हामी आफ्नो प्रशंसा सुन्नमा पाउँछौं त्यो भन्दा हामीलाई नकारात्मक टिप्पणीले असर गर्छ । यस्ता कुराले दिमागमा लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । यसैकारण पनि कतिपय अवस्थामा पहिलो भेटमै भेटेका मानिसहरूसँग लामो समयसम्म पनि नकारात्मकता नै बढेको हुन्छ ।
यो हाम्रो प्रकृति नै हो की हामी बढी पीडादायक घटना र बेइज्जतीलाई सम्झन्छौं । हामी छिटो नेगेटीभिटीमा रियाक्ट गर्छौं । बढी नेगेटीभ कुरालाई सोच्छौ ।
उदाहरणको लागि हामी जब कुनै बेला झगडा गर्छौं तब हामी दिन नै खराब भएको ठान्छौं । हामी त्यसअघि र पछिका जती मिठा पल भएपनि ती सबै बिर्सिएर झगडाकै कुरामा बढी केन्द्रित हुन्छौं ।
एक अध्ययनअनुसार, नकरात्मक कुरा हाम्रो मस्तिष्कमा अझ बढी समय रहन्छ । सकारात्मकलाई भन्दा पनि बढी हामी नकारात्मक विषयलाई मूल्यांकन गर्न थाल्छौं । नराम्रा कुरा हाम्रो दिमागमा बढी रहन्छ ।
कसरी हटाउने नकारात्मक विचार ?
नकारात्मकताले हाम्रो मानसिक स्वास्थमा असर पर्छ । यसकारण पनि सकारात्मक विचार ल्याउनु महत्वपूर्ण रहन्छ । नकरात्मक विचार हटाउन आफूलाई मन पर्ने गीत सुन्ने, केही समय एक्लै हिँड्ने, किताब पढ्ने, कमेडी फिल्म वा भिडियो हेर्ने गर्नुपर्छ ।

प्रकाशित मिति: मंसिर ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend