तपाई उच्च रक्तचापले ग्रसित हुनुहुन्छ ? के तपाईलाई चिनीको रोग छ ? के तपाई धुम्रपान गर्नु हुन्छ ? के तपाई चिल्लो पर्दा बढी प्रयोग गर्नु हुन्छ ? यदी गर्नु हुन्छ भने सतर्क रहनुहोस् तपाईलाई भविश्यमा हार्ट अट्याक हुन सक्छ ।
मस्तिष्कको साथसाथै मुटु पनि शरीरको अति नै महत्वपूर्ण अंग हो र शरीर संचालनमा यी अंगहरूको महत्वपूर्ण स्थान छ । आमाको गर्भमारहेको बेलामा नै अरू अंगको विकाश भन्दा पहिला मुटुको ढुकढुकी शुरूहुन्छ र जीवन रहुन्जेलसम्म निरन्तर धड्किरहन्छ ।
मुटु एक विषेश प्रकारको मांसपेशीले बनेको हुन्छ र यसको सक्रियताको लागि चाहिने आवश्यक पोशक तत्व र अक्सिजनका लागि रक्तसंचारको आवश्यक्ता पर्दछ । दाहिने र देब्रे कोरोनरी रक्तनलीहरूले मुटुमा रक्तसंचार गरिरहेको हुन्छन् ।
यी दुबै रक्तनलीहरू मुटुको सक्रियताको लागि निकै नै महत्वपूर्ण भएकोले यसको अवरोध वा बन्द भएको खण्डमा मुटुको केही भागले काम गर्न छोड्छ यस लाई नै हार्ट अट्याक भनिन्छ र यस लाई नै चिकित्सकीय भाषामा मायोार्डियल इन्फाक्र्सन वा एक्यूट कोरोनरी सिन्डूोम पनि भनिन्छ ।
रक्तनलीमा भएको अवरोधका कारण मुटुले प्रयाप्त मात्रामा रगत नपाउने र मुटुको माँसपेशीले कम अक्सिजन तथा पोषण तत्व नपाउने भएकोले अन्ततः मरेर जान्छ फलस्वरूप मुटु अत्यधिक दुख्छ र मानिसको ज्यान समेत जान सक्छ । रगतको थक्ला भएर जम्नाले वा बोसोको मात्रा शरीरमा बढी भएर रक्तनलीको मोटोपन बढ्नाले वा रक्तनलीको संकुचनको कारणले रक्तनलीमा रक्तसंचारको अवरोध हुन पुग्छ । यस्तो अवस्थामा विरामी छातिको देब्र पट्टी असहनीय तरिकाले दुख्ने र सो दुखाई घाँटी तथा देब्रे काँधमा सर्ने गुनासो लिएर चिकित्सकनेर प्रस्तुत हुन्छन् ।
उच्च रक्तचाप वा डायबेटिजको विरामीलाई वा धुम्रपान अत्याधिक गर्ने व्यक्तिलाई वा वोसा तथ तैलिय पदार्थ बढी प्रयोग गर्ने व्यीक्तमा यो रोग हुने सम्भावना बढी हुन्छ ।
मुटु अत्याधिक दुखेमा हार्ट अट्याकको शंका गर्नु पर्दछ र विरामीलाई तुरून्त अस्पताल पु¥याई चिकित्सकसंग जँचाउनु पर्छ र अविलम्ब मुटुको विद्युतीय संकेतलाई तरंगकोपमा परिणत गरि मुटुको अवस्था पत्ता लगाउने जांच गराउनु पर्छ जसलाई बैज्ञानिक भाषामा इ.सी.जी. भनिन्छ । यसका अलावा रगतका केही महत्वपूर्ण जांच गराउनु पर्छ । विभिन्न जाँच पश्चात चिकित्सकले हार्ट अट्याक भन्ने निक्र्योल निकालेको खण्डमा यसको उपचारको लागि समय निकै नै महत्वपूर्ण मानिन्छ तसर्थ सक्दो चाडो उपचार गराउनु पर्ने हुन्छ । जति चाँडो बन्द रक्तनलीहरू खोल्न सकिन्छ मुटुका मांसपेशीलाई त्यति नै धेरै बचाउन सकिने भएकोले बिरामीलाई स्तरीय जीवन प्रदान गर्न सकिन्छ ।
बजारमा सहजरूपमा उपलब्घ एस्पिरिन नामक औषधी चाँडोभन्दा चाँडो चपाएर खान दिएको खण्डमा रगत जम्न सक्दैन र विरामीको जीवन जोगिन सक्छ । तर विरामीको स्तरीय उपचारको लागि विरामीलाई सुविधा सम्पन्न अस्पताल पुरयाउनु आवश्यक छ ।
यसको उपचाको मुख्य उद्देश्य बन्द रक्तनलीहरूलाई यथासम्भव चाँडो खोली रक्तसंचार सुचारू गनु हो । जति चाँडो रक्तनली खोलिन्छ त्यति नै स्तरीरूपमा विरामीलाई उपचार गर्न सकिन्छ । बन्द रक्तनलीलाई दुई तरिकाले खोल्न सकिन्छ । पहिलो जमेको रगत पातलो बनाउने थ्रोम्बोलाईटिम्स औषधिको प्रयोग गरेर दोश्रो एन्जियोप्लास्टी विधिको प्रयोग गरेर ।
एन्जियोप्लास्टी मुटु रोग विषेशज्ञद्वारा मुटुको बन्द रक्तनलीहरूमा एक विषेश प्रकारको तार र बैलुन पसाई चौडा पर्ने एक नयाँ प्रविधि हो । यस प्रविधिबाट उपचार गराएमा विरामीलाई दुख्दैन । आमजनमानसको बुझाईमा व्यप्त रहेबमोजिम यो चिरफर गर्ने प्रबिधि भने होईन । यस प्रविधिमा खुट्टाको रक्तनलीबाट तार र नफूलाईएका बैलुन मुटुको बन्द नलीसम्म पु¥याइन्छ र बैलुनलाई फूलाइन्छ र यसको सहायताले उक्त बन्द नलीलाई खोलिन्छ त्यस पछि मुटुमा पूर्णरूपमा रक्तसंचार भई पूर्वावस्थमै मुटु फर्किन्छ र काम गर्न थाल्छ ।
यस रोगको उपचारको लागि रगत पातलो बनाइने थ्रोम्बोलाईटिक्स औषधिको प्रयोगभन्दा एन्जियोप्लास्टी नै बढी प्रभाकारी उपचार पद्धतिकोरूपमा स्थापित भएकोले उत्तम मानिन्छ र यसको प्रयोग नै प्राथमिकताकासाथ हार्ट एट्याकको उपचारमा प्रयोग गरिन्छ । प्रभावकारी मानिएको यस एन्जियोप्लास्टी उपचार पद्धतिमा प्रयोग हुने बस्तु महँगो हुने भएकोले निकै खर्च हुन्छ । यो उपचार प्राय सबै ठूला अस्पतालहरूमा उपलब्ध छ ।
हार्ट एट्याकका धेरै बिरमीलाई एन्जियोप्लास्टी मार्फत उपचार गराउनु आवश्यक देखिए पनि धेरै ढिलो आउँछन् र उनीहरूको उपचार त्यति प्रभाकारी हुन सक्दैन । विरामी एन्जियोप्लासटीको लागि ढिलो अउनुको मुख्यकारण यस प्रकार छन् ।
१.यस रोगको बारेमा जानकारी कम भएकोले विरामीलाई तल्लो छाती दुखेमा पेट दुखेको ठानी अस्पताल नै नआई दवाई बिक्री केन्द्रमा नै औषधि किनेर उपचार गराउँछन् ।
२.हार्ट एट्याकको शंका लागे पनि बिरामी समयमा नै यस रोगको विशेषउपचार केन्द्रसम्म पुरयाउन सक्दैनन् । सामान्य स्वास्थ्य चौकीले प्रदान गरको औषधिको भरमा घण्टौ बिताउन बाध्य हुन्छन् ।
तसर्थ यदि तपाईलाई हार्ट एट्याकको शंका छ भने विरामीलाई तुरून्त अस्पताल पुरयाइ उपचार गराउनुपर्दछ । यदि हार्ट अट्याक भनि चिकित्सकले भनेको खण्डमा समय खेर नफाली सक्दो चाँडो कोरोनरी एन्जियोप्लस्टी गर्नु पर्दछ । यस रोगको उपचार पैसाले होइन समयको बचतले मात्र सम्भव छ तसर्थ समय बचत गर्न हामी सबैले ध्यान दिनु पर्दछ ।