जाडोको मौसम स्वास्थ्यलाई सुधार गर्नको लागि एकदमै उत्तम समय मनिन्छ । मौसम परिवर्तन हुने वित्तिकै हाम्रो शरीरलाई फिट राख्न हामीले खानामा पनि केही परिवर्तन गर्न जरुरी छ । यो मौसम स्वास्थ्य सचेत रहने व्यक्तिका लागि झन चुनौतीपूर्ण रहन्छ । चिसो मौसममा व्यायाम गरेर तपाईको शरीरलाई फुर्तिलो बनाउन महत्वपूर्ण छ, साथ साथै यस्तो आहार जसको सेवन कम मात्रामा भएपनि शरीरलाई प्रशस्त मात्रामा क्यालोरी दिनेहोस् ।
यदि जाडोमा तपाई खानाको बारेमा कन्फ्युज हुनुहुन्छ भने, यो जाडोमा कम क्यालोरीयुक्त खानाको साथै कम फ्याट भएको खाना कसरी कुन खानामा पाइन्छ भन्ने बारे जानकारी पाउन तल पढ्नुहोस्ः
जाडोमा सेवन गर्ने खाना (आहार): यस मौसममा तपाईको शरीरबाट थकान र अल्छी पना हटाएर दिनभर उर्जाले भरिपूर्ण हुनको लागि आहार चार्ट अर्थात डाइट प्लानलाई फलो गर्न जरुरी छ ।
सुपर ब्रेकफास्ट (बिहानको खाजा): बिहानको ब्रेकफास्टले हामीलाई तत्काल उर्जा दिन्छ । बिहानको खाजाको लागि, तपाई रोटी, स्यान्डविच, फलफूल आदि खान सक्नुहुन्छ । बिहानको खाजामा एक गिलास तातो दुध पिउन नबिर्सनुहोस् । एक प्लेट एक्सट्रा फलफूल वा सलादले तपाईको बिहानको नास्तालाई कम्प्लिट गर्छ ।
विशेष खाजाको सेवन: खाजामा तपाईले हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासँगै भएको दाल र भात, दालको तातो सूप खान सक्नुहुन्छ । यसमा हरियो चटनी जस्तै धनियाले खानामा मल्टिभिटमिनको अभाव पनि पूरा गरिदिन्छ ।
स्वादिष्ट डिनर (रातिको भोजन): जाडोमा डिनर सकेसम्म छिटो खाने बानी बसाल्नुहोस् । रात्रीको खाना तपाईको खाजा भन्दा हल्का हुनु जरुरी छ, यसलाई ध्यानमा राख्नुहोस् । राती, तपाइँले खिचडी जस्तो हल्का खाना खानु सबै भन्दा उत्तम मानिन्छ । सुत्नु भन्दा कम्तिमा ४ घण्टा अघि खानाले शरीरमा खाना पचाउन सहयोग गर्दछ । सुत्नु अघि, एक गिलास तातो दुधमा बेसार, नुन र अदुवाको पेस्ट मिक्स गरेर पिउनुहोस् ।
जाडोमा स्वास्थ्य रहन दैनिक खानुहोस् यी ८ खानेकुरा
त्यसो त जाडोयामलाई शरीर बनाउने मौसमको रुपमा लिइन्छ । यसका बाबजुद पनि कहिलेकाही अचानक स्वास्थ्य अवस्था बिग्रन सक्छ । जाडो बढ्दै जाँदा शरीरलाई न्यानो राख्न र बलियो बनाउनु आवश्यक हुन्छ । यसका लागि तपाईले दैनिक केही यस्ता खानेकुरा खानुहोस्, जसले तपाईको स्वास्थ्य बिग्रन दिँदैन । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।
च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने काम गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्छ ।
लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
कुखुराको मासुको सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
अदुवाः चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ । जाडोमा अदुवा हालेको चिया पिउने गर्नुहोस् ।
गाँजरः चिसो मौसममा गाजरलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने काम गर्छ ।
चियाः चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।
दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला । -एजेन्सी