अब चिसोयाम शुरू हुन थालेको छ । चिसो बढ्नासाथ मानिसमा अल्छीपना देखिन्छ । यस किसिमको अल्छीपनाबाट बच्नको लागि के गर्न सकिन्छ त ? हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’ को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त ? हो भने एकछिन विचार गरौं त । तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौंपटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।
शरीरलाई जसरी खाना र पानीको आवश्यकता पर्छ, त्यति नै आरामको पनि खाँचो हुन्छ । अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।
त्यसको ठीक विपरीत कहिलेकाहीँ जब हामी दिउँसो सुत्छौं, त्यतिबेला हामी आफूलाई फुर्तिलो महसुस गर्छौं । यसको अर्थ दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा पुरयाउँछ । त्यसो त हाम्रो काम तथा व्यस्तताका कारण दिउँसोको समयमा सुत्नु त्यति सजिलो छैन । तर, शरीरले आराम खोजेको बेला आराम दिनुले पक्कै पनि महत्व राख्छ ।
अध्ययनअनुसार दिउँसो सुत्नुका फाइदाहरू यस्ता छन्–
दिमागलाई तेजिलो बनाउँछ
हामी सबैलाई थाहा भएकै कुरा हो, पर्याप्त निद्रा नपुगेको खण्डमा हाम्रो दैनिक क्रियाकलापमा समेत असर पर्छ । यसले हाम्रो सोच्ने र सम्झने क्षमतामा समेत ह्रास ल्याउँछ । यसैले यदि तपाईँसँग समय छ भने दिनको समयमा एक क्षणको निद्रा तपाईंको लागि फाइदाजनक हुने गर्छ । दिनमा ६० देखि ९० मिनेटको सुताइले मात्र पनि आउँदो २४ घण्टाको लागि तपाईंलाई मानसिक स्फूर्ति दिलाउँछ ।
मुटु स्वस्थ रहन्छ
हाबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार दिउँसो सुत्ने अधिकांश मानिसमा मुटुको समस्या कम हुने गर्छ । यसले शरीरको थकान समेत घटाउँछ । त्यसैले, साताको कम्तीमा तीन दिन दिउँसो करिब ३० मिनेट तकियामा हात राखेर सुत्ने प्रयास गरौं । यसले तपाईंको स्वास्थ्यमा फाइदा पु¥याउँछ ।
तनाव घटाउँछ
थकानले तनाव सिर्जना गर्छ, जसले गर्दा तपाईं अझ बढी थकित महसुस गर्नुहुन्छ । दिउँसोको सुताइले तपाईंलाई यी सबै कुराबाट टाढा राख्न मद्दत गर्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार दिउासो नसुत्ने मानिसमा तनाव उत्पन्न गराउने हर्मोन स्वतः बढ्ने गर्छ ।
खानपानमा सुधार आउँछ
थकित महसुस भएको बेला तपाईंलाई भोक लागेको छ भने तपाईँ सबैभन्दा पहिले जे भेट्यो त्यही खानुहुन्छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको केहीबेरको सुताइ नै हो । केही क्षणको सुताइले तपाईंको शरीरलाई थप ऊर्जा मिल्छ नै, यसले तपाईंलाई हानिकारक खाना खानबाट समेत जोगाउँछ । अझ १०–१५ मनेटको आरामले तपाईं आफूलाई के खाँदा राम्रो हुन्छ भनेर सोच्न सक्ने स्थितिमा पुग्नुहुन्छ ।
ऊर्जावान् बनाउँछ
हुन त सुत्नु भनेको भौतिक कामबाट केही क्षण विश्राम लिनु पनि हो । तर,अनुसन्धानकर्ताहरुले जनाए अनुसार, आराम नगर्ने धावकहरुको तुलनामा तालिमको बीचमा केही क्षण सुत्ने धावकहरुको नतिजा राम्रो पाइयो ।उनीहरुमा ऊर्जा र स्फूर्ति बढेको पाइयो । यसर्थ बल, प्रतिक्रिया तथा गति सबै कुरामा सुधार ल्याउन निद्रा अपरिहार्य छ ।
कुन बेला कसरी सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ त ?
समयः ११–१२ बजेको समय दिउँसो एक निद्रा सुत्नको लागि उपयुक्त मानिन्छ ।
स्थान : हल्का उज्यालोको साथमा चिसो तथा शान्त कोठा ।
अवधि: ५ देखि ४५ मिनेटसम्म ।
दिउँसो एक झप्को निदाउनु आरामको लागि मात्र नभई स्वास्थ्यको लागि पनि आवश्यक छ । तर, धेरैजसो मानिस यसलाई बेवास्ता गर्छन् । त्यसैले, दिउँसोको व्यस्त समयबाट एकै छिन भए पनि फुर्सद निकाल्नुस् र आफ्नो शरीरलाई आराम दिएर स्फूर्ति प्राप्त गर्नुस् । बिर्सनुस्, दिउँसो सुत्नु भनेको अल्छीपना हो ।
दिउँसो सुत्ने बानी, राम्रो गर्छ कि हानी ?
तपाईंरहामीले सुनेका छौं, चीनका कतिपय कम्पनीले कामदाररकर्मचारीलाई मध्यन्ह कार्यकक्षमै एकक्षण सुत्ने छुट दिन्छ । भनिन्छ, त्यो परम्पराकै रुपमा विकास भएको छ । र, कर्मचारीहरु क्षणभरका लागि सुत्नमा अभ्यस्त हुन्छन् । कतिपय कम्पनीले त कर्मचारीलाई दिउँसो सुत्नका लागि ओछ्यानकै व्यवस्था गरेका छन् ।
हामी भन्छौं, दिउँसो सुत्नु राम्रो होइन ।
राम्रो किन होइन भने, दिउँसो सुत्नु भनेको दिनभरको काम प्रभावित बनाउनु हो । हामी बिहान उठेपछि दिनभर काममा व्यस्त हुन्छौं । र, राती एकै पटक ओछ्यानमा पल्टन्छौं ।
यद्यपी कतिपय भने फुर्सद निकालेर पनि दिउँसो सुत्छन् । के दिउँसो सुत्नु राम्रो हो वा नराम्रो ? प्रश्न सामान्य लाग्न सक्छ । तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुष हुन्छ । रोगप्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुन्छ ।
किन सुत्ने दिउँसो ?
प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ । तर, केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ । दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ । काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र निदाउने गर्छन् । यस्तो बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ । दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् । त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ । यदि तपाईं पनि आफ्नो दिउँसो सुत्ने बानीबाट चिन्तित हुनुहुन्छ भने बुझिराख्नुहोस् यो नराम्रो बानी होइन बरु धेरै राम्रो बानी हो ।
दिँउसो सुत्ने बानीसँग जोडिएका तथ्यहरुः
दिउँसोको निन्द्राले अल्छीपना भगाउँछ
दिउँसो सुत्ने मानिसहरु माथि युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको एक शोधमा यो बानीले अल्छीपना भगाउने तथ्य पत्ता लगायो । शोधको नेतृत्व गरेमासाइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार यसले अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत बनाउँछ । जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ ।
मानसिक थकान टाढा हुन्छ
जो मानिस दिउँसोको समयमा १५(३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ । त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ ।
व्यायामपछि तुरुन्त नसुत्नुहोस्
दिउँसो सुत्ने मानिसहरुमाथि भएको एक शोधमा वर्कआउट पछि तुरुन्त सुत्नु राम्रो कुरा नभएको कुरा पनि अगाडि आएको छ । किनभने व्यायामपछि दिमागले तिव्र रुपमा काम गर्न थाल्छ । जस कारण निन्द्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि सुत्नुपर्छ ।
निन्द्रा लागेपछि मात्रै सुत्नुहोस्
यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन । यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस् ।
मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ । आम रुपमा हरेक मानिसलाई एक दिनमा ७–८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ । तर, यसको लागि कुनै सामान्य नियम हुँदैन । साना बच्चाहरुलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ ।
यसैगरी १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सकहरु बताउँछन् । वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ । त्यस्तै, ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ । यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्याहरु आउँछन् । थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ । –एजेन्सीको सहयोगमा