२०६३ साल असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको ताप्लेजुङको घुन्साक्षेत्र फलेसिरमा अवस्थित ठुङजे पहाड । सो दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो । सो दुर्घटनामा स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।