Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कानेपोखरी र झापाको दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर २६ २०७७, शुक्रबार
कानेपोखरी र झापाको दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः मोरङको कानेपोखरीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राईको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा बिहीबार राति ज्यान गएको हो । राई आफैले चलाएको मोटरसाइकल लेटाङ–कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-७ मा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–१ सालबारीमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
बिहीबार राति १० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे११प ६२५२ नम्बरको मोटरसाइकलले बाटो छेऊमा बसिरहेका स्थानीय ३३ वर्षीय ललित चौधरीलाई ठक्कर दिँदा घाइते भएका चौधरीको उपचारको क्रममा राति पौने ११ बजे बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति: मंसिर २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend