धरानः प्रवृत्ति राई विश्वव्यापी अनलाइन यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणको विजेता बनेकी छिन् ।
खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ की उनले किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाइनमार्फत् विश्वव्यापीरुपमा सञ्चालन गरेको यलम्वर सुनसरीकी सरिता राई ‘फस्ट रनरअप’ बन्दा खोटाङकै लकेस राई ’सेकेन्ड रनरअप’ भए ।
त्यस्तै, दर्शक छनौटमा भने सुनसरीका रामकुमार राईले बाजी मार्दै उत्कृष्ट प्रतिभा घोषित भए । प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीताको निर्णायकमा वरिष्ठ संगीतकर्मी सुर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राई थिए । फाइनल प्रतिष्पर्धामा प्रमुख अथितिमा गायक तथा संगीतकार जितेन राई एवं विशेष अथितिमा किरात राई यायोक्खाका महासचिव जनक राईको उपस्थिति भएको प्रतियोगिताका प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईले जानकारी दिए ।
प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका विजेताले यलम्वर संगीत प्रतियोगिताका विजेता प्रवृत्तिले हङकङमा सञ्चालन हुने यलम्बर साँझमा आफ्नो प्रस्तुति दिन पाउने भएकी छन् । किरात राई यायोक्खा हङकङले हरेक वर्ष आयोजना गर्ने सो साँझमा यलम्वर संगीत प्रतियोगिताका विजेताले आफ्नो प्रस्तुति दिन पाउने संयोजक राईले जानकारी दिए । त्यस्तै, गरी उपविजेता सरिताले एउटा गीत रेकर्डिङ गर्न पाउने भएकी छन् ।