Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिका तनावमा छन् भन्ने थाहा पाइन्छ

हाम्रो कोशी आवाज
मंसिर २८ २०७७, आइतबार
बालबालिका तनावमा छन् भन्ने थाहा पाइन्छ

विद्यालय बन्द भएका कारण अहिले उनीहरुको अधिकांश समय घरपरिवार र समुदायमा बितिरहेको छ । सो क्रममा बालबालिकाहरुले घर र समुदायको वातावरणलाई देखिरहेका हुन्छन् । तनाव भएको बेलामा बालबालिकाहरुमा भावनात्मक भन्दा शारीरिक लक्षणहरु बढी देखा पर्छन् ।
बालबालिकामा ३ किसिमले मानसिक स्वास्थ्य समस्याको लक्षणहरु देखा पर्छन् । ती हुन् : भावानात्मक, शारीरिक र आनीबानीमा परिवर्तन । जब बालबालिकाहरु बिना कारण तर्सने, आत्तिने र उदास हुन्छन् भने उनीहरुलाई भावनात्मक मानसिक स्वास्थ्य समस्याको लक्षण हो भनेर बुझ्नुपर्दछ । यस्तै शारीरिक लक्षणमा टाउको दुख्नु, पेट दुख्नु, मुर्छा पर्नु, शरीरको अंग दुख्नु, सास फेर्न गारो हुनु, शरीर कमजोर हुनु हो ।
सम्पूर्ण अभिभावकले के कुरामा विशेष ध्यान दिनुपर्दछ भने, तनाव भएको बेलामा बालबालिकाहरुमा भावनात्मक भन्दा शारीरिक लक्षणहरु बढी देखा पर्छन् । यदि बच्चाहरुले टाउको दुख्यो, पेट दुख्यो भनेमा हामीले उनीहरुमा शारीरिक समस्याका अलवा मानसिक समस्या पनि त छैन भनेर पनि सोच्नुपर्छ ।
अभिभावकले जे गरयो, उनीहले त्यही सिक्ने हो । त्यसैले अभिभावकले रचनात्मक वातावरणको सृजना गरिदिनुपर्दछ । अर्काे, रह्यो आनीबानीमा परिवर्तन । यदि बच्चाहरु एकदमै रिसाउने, सुतेको बेलामा ओछ्यानमै पिसाब फेर्ने, जिद्दी हुने, अटेरी हुने तथा दुव्यसनीमा फँस्ने र आफूलाई नै हानी नोक्सानी हुने क्रियाकलाप गर्न थाल्छन् भने बालबालिकामा मानसिक समस्या छ भनेर बुझ्नुपर्दछ ।
धेरै समय घरमा नै बस्नुपर्ने भएपछि बालबालिहरुमा इन्टरनेटको लत पनि लागेको छ । मोबाइल, ग्याजेट तथा ट्याब्लेटको प्रयोगले बालबालिकाहरुमा इन्टरनेटको दुव्र्यसनीको जोखिम पनि उत्तिकै छ भने आफूलाई हानी नोक्सानी पुरयाउने काम पनि गर्न सक्दछन् ।
सर्वप्रथम, अहिले विद्यालयहरु बन्द भएकाले बालबालिकाको दैनिकी परिवर्तन भएको छ । पहिला –पहिला बिहान उठ्ने, स्कूल जाने, स्कूलबाट आएर होमवर्क गर्ने जस्ता गतिविधि हुन्थ्यो । त्यसैले स्कूलनै नगएको हालको अवस्थामा पनि अभिभावकहरुले छोराछोरीको उमेर र बुझ्ने क्षमता हेरेर त्यस्तै दैनिकी बनाइदिनुपर्दछ ।
यस्तै घरभित्र विभिन्न किसिमका खेल्ने सामग्रीको व्यवस्था गरिदिनुपर्दछ । जस्तै लुँडो, चेस जस्ता खेल्ने सामग्री राख्न सकिन्छ । रुचिअनुसार बालबालिकालाई रमाउन दिनुपर्दछ । कोहीलाई गीत गाउन रुचि होला कोहीलाई नाच्न भने कसैलाई पेन्टिङ र कसैलाई कथा भन्न, उनीहरुका चाहनालाई बुझेर प्रोत्साहित गराउनुपर्दछ ।
उमेर उपयुक्त काम सिकाउन पनि सकिन्छ । उनीहरुलाई भान्छामा सघाउने काममा प्रोत्साहन गर्न सकिन्छ । उनीहरुसँग धेरै समय आमाबुवाले बिताउनुपर्दछ ।
बालबालिकालाई मोबाइल, ग्याजेट, ट्याब्लेटको प्रयोगमा कमी ल्याउन अभिभावहरुले पनि धेरै मोबाइल नचलाउने गर्नुपर्छ । अभिभावकले जे गर्यो, उनीहले त्यही सिक्ने हो । त्यसैले अभिभावकले रचनात्मक वातावरणको सृजना गरिदिनुपर्दछ ।
यति गर्दागर्दै पनि कहिलेकाहिँ बालबालिकामा तनाव कम हुँदैन । २–३ हप्तासम्म बालबालबालिका पुरानै अवस्थामा फर्केनन्, आफूलाई क्षति हुने विचारहरु प्रकट गर्न थाले भने हामीले बालबालिकालाई तुरुन्तै मनोचिकित्सकको परामर्शमा लैजानुपर्दछ ।

प्रकाशित मिति: मंसिर २८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend