Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जाडोमा बाथरोग हुनेले छुँदै नछुनुस् यी खानेकुरा

हाम्रो कोशी आवाज
मंसिर २८ २०७७, आइतबार
जाडोमा बाथरोग हुनेले छुँदै नछुनुस् यी खानेकुरा

बाथ दुःखाइसँग सम्बन्धित रोग हो । सबै उमेर समूहका व्यक्तिलाई जुनसुकै समयमा पनि बाथ हुनसक्ने भए पनि जाडोको समयमा यसको असर र दुखाई निकै बढी हुन्छ । बाथ आफैंमा चाहिँ चिसोबाट हुने रोग होइन ।
यो शरीरका भित्री भागबाटै उत्पती हुने अटो इम्युनो रोग हो । यसले शरीरको प्रतिरोधात्मक क्षमतामा असर गर्छ । बाथले उत्पादन गर्ने एन्टिवडीले शरीरको बाहिरी र भित्री भागमा क्षति गर्छ । बाथ रोग बच्चा, युवा र बृद्ध जो सुकैलाई पनि जुनसुकै समयमा पनि हुन सक्छ । कतिपयलाई वंशाणुगत कारणले, केहीलाई विभिन्न संक्रामक रोगका कारणले र केहीलाई भने मेटावोलिक डिसअर्डरबाट पनि बाथ हुन्छ
हात तथा खुुट्टाका जोर्नी दुख्छ र सुन्निन्छ भने त्यो बाथ रोग पनि हुन सक्छ । चिकित्सकको सल्लाह अनुसारको औषधी सेवन गरेमा यो निको हुुन्छ । तर यदि बाथ बढाउने खालका खाना खाइएको छैन भने यसलाई नियन्त्रण गर्न सकिने अनुसन्धानमा पाइएको छ ।
बाथको लक्षण
–जोर्नी दुख्ने तथा सुन्निने
–अंगले काम गर्न समस्या हुने
–रातो हुने
यी खानेकुरा खादै नखानुस्
मदिरा र सूर्तिजन्य पदार्थ
हुन त मदिरा र सूर्तिजन्य पदार्थले स्वस्थ्य व्यक्तिको शरीरमा पनि हानिकारक र्पुयाउँछ । तर बाथका रोगीलाई यसले अझ बढि असर र्पुयाउँछ । यसले जोर्नी दुख्ने क्रम अझ बढाउँछ ।
फ्राइ गरेको या प्याकेटको खाना
फ्राइड मिट, चिस्याइएका तरकारीहरु जस्ता फ्राइ गरेको या प्याकेजिङ गरेका खानेकुुराहरु बाथ रोगी नखाँदा राम्रो । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ ।
बढी तताइएको खाना
बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने एक अध्ययनले देखाएको छ । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ ।
चिनी
गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।
दुग्धजन्य पदार्थ
बाथका रोगीका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।
चिसो बढेसँगै हाडजोर्नी समस्या भएका बिरामी किन बढ्छन् ?
चिसो बढेसँगै हाडजोर्नीका बिरामी बढ्ने गर्छन् । जब चिसो बढ्छ जोर्नीहरूको दुखाइ पनि बढ्छ । हाडजोर्नी समस्या अर्थात बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । त्यपछि बाथको समस्या देखापर्छ । त्यसैबाट बाथका रोगीको जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ ।
अर्को कुरा चिसोले गर्दा रगतका नलीहरू साँघुरिने गर्छन् । त्यसरी रगतका नसाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोग लाग्ने गर्छ । चिसोमा जोर्नीहरू करकरती खाने र दुख्ने हुन्छ । त्यस क्रममा पहिला हातका पञ्जाको जोर्नी सुनिन्छ । बाथसम्बन्धी रोग लाग्यो भने निको हुने सम्भावना कम हुन्छ । त्यसैले जाडोमा बाथको समस्या बढ्ने गर्छ ।
बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सुरुवात हुन्छ । उमेर बढ्दैसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रमा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । जोर्नी तथा बाथका बिरामी तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गर्छ ।
बाथ रोग लाग्यो भने कस्ता कस्ता समस्या देखापर्छन् ?
यो रोग लाग्दा कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन सक्छ । कोहीलाई जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ । मुख्यतः पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो । जोर्नीहरूमा आएको समस्यालाई वास्ता गरिएन भने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा बिरामी पुग्न सक्छन् । बाथकै कारण अपाङ्ग समेत हुन सक्छन् । जोर्नीसम्बन्धी हुने समस्या मध्ये कम्मर दुखाइ पनि बाथ हो । कम्मरको जोर्नीहरू दुख्ने सुनिने पनि हुन्छ । यस्तै हाड खिइएर पनि बाथको समस्या आउन सक्छ । प्रेसरको औषधि अनि क्यान्सर औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ । अन्य मौसममा पनि बाथका रोगी नहुने होइन । तर जाडोमा बढी समस्या देखापर्छ ।
बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सुरुवात हुन्छ । उमेर बढ्दैसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रमा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । जोर्नी तथा बाथका बिरामी तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गर्छ । महिलाहरूमा हात, खुट्टा जोर्नीमा समस्या आएसँगै हात खिइने, ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको पाइन्छ ।
खानपान ध्यान नदिएको खण्डमा पनि युरिक एसिड हुन्छ । युरिक एसिड भएका मानिसले माछा मासु बढी खाँदा समस्या बढ्न सक्छ । त्यसमा पनि रातो मासु खानेलाई बढी हुन्छ । प्रेसरको औषधि सेवन गर्नेलाई युरिक एसिडको समस्या बढी हुन्छ । क्यान्सरको उपचार गरिरहेका बिरामीलाई पनि युरिक एसिड हुन्छ । युरिक एसिडले बाथ रोग लाग्न सक्छ । प्रकृतिक रूपमा केही मानिसको युरिक एसिड बढी नै हुन्छ । जस्तै खानेकुरामा टमाटर, रायोको दाना हालेको छोप खानु हुँदैन । काउली ब्रोकाउली, रातो मासु, च्याउ, मादकपदार्थ सेवन गर्न हुँदैन । साथै ड्रिक्ङसमध्ये बियर पिउनै हुँदैन । त्यस्ता कुरामा ध्यान दियो भने युरिक एसिड कम हुन सक्छ । युरिक एसिड बढ्दै गएमा विशेषज्ञको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । सक्रिय जीवन बिताएको खण्डमा युरिक एसिडको समस्याले सताउन सक्दैन ।
उपचार खर्चिलो भन्दा पनि सकेसम्म रोग लाग्न दिनै भएन । जोर्नीसम्बन्धी समस्या छ भने पनि जटिल अवस्थामा पुग्न दिनुभएन । अरू समयभन्दा बढी जाडो मौसममा ख्याल गर्नुपर्छ । जोर्नी बाङ्गिने, ढाडको जोर्नीको समस्या अनि घुँडा खिइने, हिप खिइने गर्छ । यस्तो समस्या नेपालमा वृद्धवृद्धाहरूमा बढ्दो क्रममा छ । त्यसैले धेरैलाई हाडजोर्नीको समस्या बढी छ । बाथ भयो भने सुरुवाती समयमा औषधिको प्रयोग गर्न हो । त्यसबाट भएन भने बाथ रोगको प्रकृति हेरेर उपचार गर्नुपर्छ । यसरी उपचार गर्दा धेरै खर्च नहुन सक्छ । सामान्य फिजियो थेरापी गर्दा बढी नलाग्न सक्छ ।
हाडजोर्नी समस्या हुन नदिन प्रथमतः सक्रिय जीवन बिताउन आवश्यक छ । सामान्यतः दिनमा ४०, ४५ मिनेट हिँड्नुपर्छ । साथै नियमित व्याम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय भएपछि मांसपेसी र जोर्नीलाई सक्रिय राख्न सकेमा मात्रै रोगबाट बाँच्न सकिन्छ ।
जाडो समयमा बाथको समस्याबाट बाच्नका लागि चिसोबाट नै बच्ने हो । न्यानो मौसमले जोर्नी सञ्चालन हुन सहयोग गर्छ । त्यसपछि रगत सञ्चालन भएपछि जोर्नी चल्ने क्षमता बढ्छ । न्यानो तथा तातो राखेर बस्न सकियो भने केही सहज हुन्छ । गाउँघरमा भारी बोकेर उकाली ओराली गर्नुपर्छ । नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्ने गर्छन् । यसरी भारी बोक्दा हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउँछ । त्यसैले यस्ता कुरामा ख्याल गर्न जरुरी छ । समस्या आएमा समयमै उपचार गर्र्नुपर्ने हुन्छ ।
बाथ हुन नदिन घरमा काम गर्दा होस् या यात्रा गर्दा अलिकति सावधानी अपनाए पुग्छ । भाडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ । बिहान र रात्रि समयमा नुहाउने, लुगा धुन र भाँडा माझ्ने काम सकभर दिउँसो ग¥यो भने कम हुन सक्छ । स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा, साथै टोपी, मोजा लगाएर बाहिर निस्कनुपर्छ । शरीर ढाक्ने तातो राख्ने कपडाहरू लगाउनुपर्छ । चिसोमा घर निस्कँदा विशेषगरी सचेत हुन जरुरी छ । त्यससँगै हामीले शारीरिक सक्रियता बढाउन जरुरी हुन्छ ।
तातो हुन भन्दै धूमपान तथा मध्यपान गर्ने चलन छ । यसले झन् समस्या बल्झाउँछ । जाडोमा हाडजार्नी समस्या हुन नदिन खानपानमा ध्यान दिन जरुरी छ । प्रतिरोधात्मक क्षमता बढाउनका लागि फलफूल तथा तरकारी, भिटामिन डी आदि तत्त्व भएका खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ ।

प्रकाशित मिति: मंसिर २८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend