चिसोको समयमा कतिपय मानिसहरु अल्छि हुन्छन् । दैनिक गर्नुपर्ने शारीरिक व्यायाम तथा योगा गर्दैनन् । जसले गर्दा शरीरि सक्रिया हुन सक्दैन । चिसो मौसममा मर्डिङ वाक लगायतका कार्य गर्दा बढी चिसो लाग्ने भन्दै केहीले अल्छि गर्ने गरेका छन् ।
तर चिसो मौसममा न्यायोपना खोज्दै शारीरिक व्यायाम नगर्नेहरुमा विभिन्न रोगको रोखिम हुनसक्छ । आज हामी तपाईलाई शारीरिक व्यायाम नगर्दा हुन सक्ने जोखिमबारे जानकारी दिदै छौं ।
व्यायाम नगर्दा हुन सक्ने समस्याहरु
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या
नियमित रुपमा शारीरिक व्यायाम नगर्ने मानिसमा उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या आउने गर्छ । चिसोमा निस्क्रिय हुँदा धेरै मानिसमा मुटुको समस्या देखिने गरेको छ ।
हड्डी तथा मांशपेशीहरुमा कमजोरी
शारीरिक व्यायामले हाम्रो हड्डी तथा मांशपेशीहरुलाई बलियो बनाउन मद्दत पु¥याउँछ । तर चिसोको समयमा शारीरिक व्यायाम नगर्दा हड्डि तथा मांशपेसीहरु मकजोर बन्न सक्छ ।
क्यान्सर, मधुमेह जस्ता नगर्ने रोगको जोखिम
व्यायामले शरीरमा भएका विकारलाई नष्ट गर्ने काम गर्छ । शरीरिक व्यायाम र स्वस्थकर खानपानले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । तर धेरैले चिसोको समयमा नियमित व्यायाम गर्दैनन् । जसले गर्दा क्यान्सर, मधुमेह जस्ता नगर्ने रोगको जोखिम हुन्छ ।
मोटोपना
शारीरिक व्यायाम नगर्ने मानिसमा मोटोपनाको समस्या देखिन्छ । त्यसैले फिट शरीरको लागि व्यायाम अनिवार्य छ ।
शारीरिक र मानसिक क्षमतामा कमी
व्यायामले हाम्रो शारीरिक र मानसिक क्षमतामा वृद्धि गर्छ । तर चिसोको समयमा व्यायाम नगरी निस्क्रिय हुँदा शारीरिक र मानसिक कमजोरी बढाउँछ ।
तनाव बढ्छ
शारीरिक व्यायामले हामीलाई तनाव मुक्त राख्छ । चिसोको समयमा न्यायो स्थानमा बसिरहदा मनमा धेरै कुराहरु खेल्न सक्छ, त्यसले गर्दा तनाव झनै बढ्छ । त्यसैले तनाव व्यवस्थापनको लागि शारीरिक व्यायाम अभिवार्य छ ।
शारीरिक अभ्यासले बनाउँछ ८० वर्षमा पनि २० वर्षको युवाजस्तै
वृद्ध उमेरमा गरिने प्रशस्त शारीरिक अभ्यासले रोग प्रतिरोधी क्षमतामा खस्कँन नदिने र संक्रमणविरुद्ध रक्षा गर्ने वैज्ञानिकहरुले जनाएका छन् ।
८० वर्ष उमेर पुगेका १ सय २५ जना साइकलयात्रीका बारेमा गरेका अनुसन्धानबाट वैज्ञानिकहरुले उनीहरुमा २० वर्षका युवामा जस्तै रोग प्रतिरोधी क्षमता भएको पाएका थिए ।
अध्ययनमा सहभागी किङग्स कलेज लण्डनका प्राध्यापक नर्मन लाजारस शारीरिक अभ्यासबाट फाइदा हुने हुनाले सबैले यसलाई आफ्नो जीवनमा पनि लागू गर्नुपर्ने बताउछन् । ‘शरीर, मष्तिष्क, मांसपेशी र प्रतिरोधी प्रणालीका लागि यसको व्यापक उपयोगिता छ,’ उनी भन्छन् । यो अध्ययनबारे ‘एजिङ सेल’ नामक जर्नलमा प्रकाशित छ ।
अनुसन्धानकर्ताहरुले अध्ययनका लागि रगतमा टी–सेल्सको उपस्थिति हेरेका थिए । यो कोषले नयाँ संक्रमण हुन नदिने काम गर्छन् र यी छातिको थाइमस नामक ग्रन्थीमा उत्पादन हुन्छन् । अनुसन्धानका क्रममा पनि साइकलयात्री वृद्धहरुमा टी सेल्सको तह २० वर्षको उमेरका युवाहरुमा जत्तिकै उत्पादन भएको पाइएको थियो ।
साइकलको प्रयोगले वृद्ध उमेरसँग सम्बन्धित मांसपेशी घट्ने र शरीरमा चिल्लो बढ्नेजस्ता समस्या निम्तन पनि दिँदैंन ।
बर्मिङघम विश्वविद्यालयको इन्सिच्युट अफ इन्फ्लामेसन एण्ड एजिङकी निर्देशक ज्यानेट लर्डका अनुसार २० वर्षको उमेरपछि मानिसमा रोग प्रतिरोधी क्षमता २ देखि ३ प्रतिशत घट्दै जान्छ ।यहीकारण वृद्ध उमेरमा रुमाटोइड आर्थराइटिस, क्यान्सरजस्ता रोग निम्तन्छन् । अनुसन्धानकर्ताहरु भन्छन्, ‘वृद्ध उमेरमा पनि शारीरिक रुपमा सक्रिय हुँदा भ्याक्सिनलेजत्तिकै काम गर्छ र रुघाजस्ता संक्रमणबाट बचाउँछ ।’
-एजेन्सी