Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विद्यालय जान थालेका विद्यार्थीलाई स्वास्थ्य सामग्री

हाम्रो कोशी आवाज
पुष १ २०७७, बुधबार
धरानमा विद्यालय जान थालेका विद्यार्थीलाई स्वास्थ्य सामग्री

धरानः धरान-१६ निवासी (हाल अमेरिका बस्दै आएका) लिलाकुमार राईले आफ्ना छोराहरु उत्सव र कुशल राईको जन्मदिनको अवसरमा बुधबार धरान-१९ स्थित किरातेश्वर माविलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
लिलाकुमार राईका भाइ यामकुमार राईले १ हजार प्रति माद्क, ४ बोतल र १ गेलिन सेनिटाइजर, १ थान थर्मोगन, २० थान फेससिल र ५४ सेट पञ्जा विद्यालयलाई एकमुष्टरुपमा प्रदान गरे ।
विद्यालयलाई २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वाले जानकारी दिए । यो महामारीको समयमा भौतिक कक्षा लगाउन शुरु गरिएको हुनाले स्वास्थ्य सामग्री विद्यार्थीहरुका लागि अत्यन्तै उपयोगी हुने प्रधानाध्यापक पालुङ्वाले बताए ।
धरान–१९ का वडा सदस्य मेघनाथ राईले जन्मदिनमा हुने फजुल खर्चलाई जोगाएर यसरी स्वास्थ्य सामग्री प्रदान गर्नु उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य निशा लिम्बू, कृति टिभिका मोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: पुष १ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend