सुनसरीः सुनसरीमा हायस गाडीको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ठक्करले बराहक्षेत्र नगरपालिका–११ का ४० वर्षीय हजरथ मन्सुरीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कोशी गाउँपालिका १ लौकहीस्थित पूर्व–पश्चिम लोकमार्गमा बाटो क्रस गर्दै गरेको को२९प ४४२३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा५ख ७३७ नम्बरको हायसले ठक्कर दिएको थियो ।
मृतकका छोरा १६ वर्षीय सबिर मन्सुरी टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको विराटनगरमा उपचार भइरहेको छ भने चालक रामेछाप मन्थलीका विष्णु बुढाथोकी प्रहरीको नियन्त्रणमा छन् ।