Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालविवाह गरेका जोडी समातिए

हाम्रो कोशी आवाज
पुष २ २०७७, बिहिबार
बालविवाह गरेका जोडी समातिए

उदयपुरः उदयपुरबाट बहुविवाह गरेका दुई जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
केटा र केटी पक्षका अभिभावकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत मंसिर १९ गते ताप्ली गाउँपालिका ५ आदमाराकी १७ वर्षीया युवतीसँग विवाह गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनँएको छ ।
ताप्लीका खेचर बहादुर खड्काकी छोरीको त्रियुगा नगरपालिका ३ भुल्केका २३ वर्षीय युवकसँग विवाह भएको थियो । बिहीबार लिखित जाहेरी परेपछि उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । केटा केटी र दुवै अभिभावक पुष्प कोइराला र राधा खड्कासहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
मंसिर ३० गते बिबाह गरेका केटा केटीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका ६ स्थित काभ्रेपानी मन्दिरमा भुमरे गाँउका लिल बहादुर खड्काको छोरा वर्ष १८ को दुर्गा बहादुर खड्का र त्रियुगा नगरपालिका १६ सुकौरा काभ्रेभन्ज्याङका टंक बहादुर कार्कीको छोरी १७ वर्षीया खेली कार्कीबिच दुवै जनाको आपसि मिलेमतोा विवाह भएको थियो । नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: पुष २ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend