Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नेपालका सबै जनतालाई कोरोना खोप निःशुल्क’

हाम्रो कोशी आवाज
पुष ३ २०७७, शुक्रबार
‘नेपालका सबै जनतालाई कोरोना खोप निःशुल्क’

धरानः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले निःशुल्क गुणस्तरीय खोप सबै नेपाली लगाउन पाउने बताएका हुन् । ‘कोरोना विरुद्धको भ्याक्सिनको आर्थिक दायित्व सरकारले व्यहोर्छ,’ उनले भने ‘खोपलगाउने उमेर पुगेकामा समयमै गुणस्तरीय खोप वितरण हुनेछ ।’
ग्लोबल मार्केटमा कोरोना भाइरसको खोप उपलब्ध हुने वित्तिकै नेपालमा पनि आयात गर्नेछौं,’ उनले भने स्रोत व्यवस्थापनको चिन्ता छैन ।’ म यो अवसरमा यो भन्न चाहन्छु, कोरोनाको भ्याक्सिन ल्याउन आवश्यक स्रोत व्यवस्थापन र वितरणका लागि सरकार लागि परेको छ ।’‘हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं,’ उनले भने ।
तुलनात्मक रुपमा सस्तो र गुणस्तरीय भ्याक्सिन आयात गरि प्राथमिकताका आधारमा खोप वितरण गरिने समेत उनले बताए । भ्याक्सिन आयातका लागि कुटनीति निकायहरुसँग कुरा भइरहेको समेत उनले जानकारी दिए ।
कोभिडका कारण नृपालको मात्र नभइ विश्वकै अर्थतन्त्र कमजोर बनेको भन्दै उनले नेपाली अर्थतन्त्रलाई सबल र सक्षम बनाउन अहिले अपरिहार्य भएको बताए । अर्थतन्त्रलाई सवल र सक्षम बनाउन पनि कोभिड विरुद्ध लड्नु पर्ने भएकोले पनि खोप आवश्यक रहेको उनको भनाइ छ । आर्थिक जीवनलाई पुरानै लयमा फर्काउन तथा अर्थतन्त्रलाई गतिशिल बनाउन सरकारले उपायहरू खोजिगरिरहेको बताए । ‘गुमेका रोजगारीलाई पुरानैलयमा फर्काउन तथा नयाँ रोजगारी सिर्जना गर्न सरकारलाई चुनौति छ,’ उनले थपे ‘हामी प्र्र्र्र्र्रभावकारी ढंगबाट काम गर्न लागि परेका छौं ।’ उत्पादन र रोजगारी बढाएर आर्थिक जीवनलाई पुरानै लयमा फर्काउनका लागि पनि खोप आवश्यक छ,’ उनले भने ।
कोभिडका कारण राजस्व परिचालन र अन्तर्राष्ट्रिय सहयोगमा समेत समस्या देखिएको छ , यसलाई हामीले चुनौतिको रुपमा लिएका छौं । अहिले देखिएको राजनीतिक समस्या केही समयमा आफै बादलजस्तै हटेर जाने बताउँदै नाफिजसँग घनिष्ट सहकार्य गर्ने मन्त्री पौडेलले प्रतिवद्धता समेत जनाएका छन् । ‘म नाफिज नयाँ कार्यसमितिलाई ह्रिदयको गहिराइदेखि नै बधाई दिन्छु भन्दै उनले भने ‘सहकार्य गनृ तथा पत्रकारको क्षमता वृद्धिमा म सधै सकारात्मक रहने छु ।’

प्रकाशित मिति: पुष ३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend