विराटनगरः मोरङमा दुर्घटनामा एकको मृत्यु भएको छ ।
म्याजिक भ्यानको स्ट्रिङ जाम भई दुर्घटना हुँदा गम्भीर घाइते बनेका अजय ऋषिदेवको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
शनिबार राति ८ः३० बजे बुढिगंगा गाउँपालिका–१ गंगाचोकस्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ज २९८४ नं.को म्याजिक भ्यानको स्ट्रिङ जाम भई अनियन्त्रित हुँदा रोडको साइडमा पार्किङ गरि राखेको ज९प ६४७४ नं.को मोटरसाइकल र र सडकको पेटी बनाइरहेका मजदुरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट मजदुर विराटनगर ४ बस्ने वर्ष २५ को अजय गम्भिर घाइते बनेका थिए । म्याजिक चालक इटहरी–४ बस्ने बर्ष ३६ को प्रदिप श्रेष्ठ सामान्य घाइते भएका छन् ।
यस्तै, विराटनगरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ भने दुई ना घाइते भएका छन् । महानगरपालिका– १४ झटीयाहीका राजेशकुमार दास तत्माको घर शनिबार राति करिब साढे १२ आगलागी हुँदा उनका १४ वर्षीय छोराको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए ।