Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आहा ! खाजा

हाम्रो कोशी आवाज
पुष ८ २०७७, बुधबार
आहा ! खाजा

धरान उपमहानगरपालिकाले उपलब्ध गराएको सरकारी खाजा खाँदै धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थी । स्कुलले नर्सरीदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई स्कुलमै निःशुल्क खाजा खुवाउँदै आएको छ ।
कोरोना महामारी आउनुअघि अर्थात् लकडाउनअघि स्कुलका लागि स्कुलले नै निःशुल्क खाजा खुवाउँदै आएको र २०७६ साल मंसिर महिनादेखि धरान उपमहानगरपालिका (स्थानीय सरकार) ले खाजा खर्चको थप ब्यवस्थापन गरेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए ।
उनका अनुसार विद्यालयले आइतबारदेखि शुक्रबारसम्म फरकफरक खाजा बनाएर दिने गरेको छ । दैनिक फेरबदल गर्दै खाजा वितरण गर्दै आएको उनले जानकारी दिए । विशेषतः विद्यार्थीलाई हलुवा, अण्डा, जाम पाउरोटी, चना–चिऊरा खुवाउने गरिएको उनले जानकारी दिए । खाजा कार्यक्रमले पनि सरकारी स्कुलमा विद्यार्थी बढ्न थालेको उनको दावी छ ।
‘विद्यालयमा खाजा कार्यक्रमले विद्यार्थी नियमितरुपमा आउन थालेका छन्’, उनले भने, ‘हरेक दिन फरकफरक खाजा खान पाउने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीहरू नियमित आउन थालेका हुन् ।’ सरकारी स्कुलमध्ये नमूनाका रुपमा दरिएको यो स्कुलमा निजी विद्यालयकै पारामै पठनपाठन र खाजा कार्यक्रम हुन थालेपछि विद्यार्थी बढेको उनी बताउँछन् ।
यस्तो कार्यक्रमले विद्यार्थीहरू पूरा समय विद्यालयमै बस्ने गरेको उनको भनाइ छ । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थालेको उनले बताए । उनले थपे, ‘विद्यार्थी संख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ ।’
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: पुष ८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend