धनकुटाः धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० वर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ ।
बिहान धनकुटा–७ जिरो प्वाइन्टस्थितमा को१ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र बस चालक ३१ वर्षीय नविन लिम्बू नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
बस धरानबाट तेह्रथुम जाँदै गरेको थियो । बसबाट ओर्लेकी उनलाई सोही बसको ठक्करपछि टायरले किच्न पुगेको थियो । शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याइएको छ ।