धरानः धरानबाट ६३ सडक मानवलाई प्रदेश सरकारले उद्दार हस्तान्तरण गरेको छ ।
सडक बालबालिकाहरुलाई पनि काठमाडौको बालबालिका खोजतलास केन्द्रलाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको उपस्थितिमा मानवसेवा आश्रमलाई जिम्मा लगाइएको हो ।
धरानबाट ६३ जना र इटहरीबाट ३० जनाको उद्दार गरिएको थियो । धरान र इटहरी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच ती मानिसहरुलाई प्रदेश सरकार समक्ष हस्तान्तरण गरेका हुन् ।
प्रदेश १ को सडकमा सडक मानवमुक्त बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले सडकबाट ती मानिसहरुलाई उद्दार गरेको होे ।
धरानमा लांघाली वन उपभोक्ता समूहको आवास गृहमा हाल माया घर नेपाल इटहरीले सडक मानवहरुको रेखदेख गरिरहेको थियो । धरान उपमहानगरपालिकाले लकडाउनको बेला सडकबाट उद्दार गरेर त्यहाँ राखेको थियो भने लामो समय उपमहानगरले नै हेर्दै आएको सडक मानवहरुलाई पछि माया घरको जिम्मा लगाएको थियो ।