Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा नेकपा फुटको असर

हाम्रो कोशी आवाज
पुष ११ २०७७, शनिबार
प्रदेश १ मा नेकपा फुटको असर

विराटनगरः प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री (अर्थमन्त्री) इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । उनका अनुसार पदमुक्तका लागि नेपालको संविधानको धारा १६९ को (२) (ख) प्रयोग गरिएको छ ।
प्रदेश १ सरकारका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव तयारी हुँदै गर्दा आफूलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मन्त्री आङ्बोले बताए । उनले भने, ‘अविश्वासको प्रस्तावको तयारी हुँदै थियो तर पदमुक्त भइसकिएछ ।’ आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो । अविश्वास प्रस्ताव आइतबार दर्ता हुन सक्ने नेकपाको दाहाल–नेपाल समूहका एक नेताले बताएका छन् । मुख्यमन्त्रीका लागि भीम आचार्य र उनको नाम पनि चर्चामा थियो ।
आङ्बो पूर्व माओवादी खेमाका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलकै सहयोगमा मन्त्री बनेका उनी प्रचण्ड-माधव समूहतिर लागेको आरोप समेत लगाइएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका छन् । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा .मुख्यमन्त्री शेरधनलाई धन्यवाद व्यक्त गर्दछु…।’ उनले पदमुक्त भएपछि आफूलाई झन सहज भएको बताए । उनले आफूलाई अविश्वासको प्रस्तावको प्रस्तावक बन्न अझै सहज बनेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: पुष ११ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend