Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तपाईलाई अल्सर त छैन ?

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
तपाईलाई अल्सर त छैन ?

धरानः ग्यास्ट्रिक, जसलाई हामी राष्ट्रिय रोग पनि भन्ने गर्छौं । अर्थात्, अधिकांश नेपालीको साझा रोग हो यो । ग्यास्ट्रिकलाई हामी उस्तो ख्याल गर्दैनौं । हाम्रो खानपान शैली र खानाको प्रकृति ग्याष्ट्रिकका कारण हुन्छन् ।
जब ग्यास्ट्रिकको निदान खोजिँदैन, त्यसले अर्को रोग निम्त्याउँछ । त्यो रोग हो, अल्सर । पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । चिकित्सकीय भाषामा यसलाई पेप्टिक अल्सर वा ग्यास्ट्रिक अल्सर भन्ने गरिन्छ ।
साधारणतया आहार, तनाव र पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ । अल्सर प्रायः हेलिकोब्याक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ । पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ । अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ ।
लामो समय एन्टिबायोटिक प्रयोग, पेनकिलर र स्टेराइडको औषधिको सेवनबाहेक मद्यपानका कारण पनि पेप्टिक अल्सर हुने गर्छ । अल्सर भएमा कसैलाई यसको लक्षण छिट्टै देखा पर्छ भने कसैलाई अल्सर भइसक्दा पनि थाहा हुँदैन ।
अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् । अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभए आन्तरिक रक्तश्रावलगायत समस्या देखिन थाल्छ । त्यस्तो संकेत देखिए अल्सर भएको हुनसक्छ ।
पेटमा जलनः खाना खाने १र२ घण्टापछि या राति पेटको माथिल्लो भाग वा बीचमा जलन महशुस हुन्छ भने त्यो अल्सरको संकेत हुन सक्छ ।
वान्ता हुनेः बारम्बार वान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सरको संकेत हुनसक्छ ।
पेट फुल्नुः अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ ।
छातीमा जलनः पेटमा जम्मा हुने एसिड अन्ननलीमा आएर बसिदिन्छ, जसका कारण छातीमा तीव्र जलन महशुस हुन्छ । यो पनि अल्सरको संकेत हुनसक्छ ।
पेट घोच्नुः खाना खाएको १र२ घण्टापछि या राति पेट घोचेको महशुस भएमा पनि अल्सरको संकेत हुनसक्छ ।
यस्तै, लामो समय गाढा वा कालो रङको दिसा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौं । वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ । अचानक तौल घटेमा वा खाना खाँदाखाँदै पनि तौल घट्दै गएका अल्सरको संकेत हुनसक्छ । अक्सर पेट दुखिरहनु वा केही खाएलगत्तै बेस्सरी दुख्नु अल्सरको संकेत हुनसक्छ ।

घरेलु उपाय
जाभाकुसुमको रातो फूललाई पिँधेर पानीका साथ यसको सर्बत बनाएर पिउनुस् । पेटको अल्सरका लागि यो एउटा उत्तम औषधि हो ।
२. गाईको दुधमा बेसारको केही मात्रा मिलाएर त्यसलाई दिनहुँ पिउँदा पनि पेटको अल्सरमा लाभ हुन्छ ।
३. बेलको जुस वा बेलपत्रलाई पिँधेर त्यसलाई पानीमा मिसाएर बनाएको पेय सेवन गर्दा पनि पेटको अल्सरमा लाभ प्राप्त हुन्छ ।
४. बदामलाई रातभर पानीमा भिजाएर बिहान त्यसलाई चबाएर खानुस्, जसबाट यसको दुध पेटको छालासम्म पुगोस । तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिँधेर पनि प्रयोग गर्न सक्नु हुन्छ ।
५. केरा, नरिवल, काउली, गाजर, मेथी र शितल चिनीलाई कुनै पनि रुपमा सेवन गर्न सकिनेछ । अल्सर रोगका लागि यो लाभदायी छ।
उपचार
पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ । यस बाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ ।
सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मदत मिल्छ । बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन ग्रिन टि, बेसार मिसाएको दुध आदि खानु उपयुक्त हुन्छ ।
हेलियोब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको कारण भएको पेटको फोरालाई ठिक गर्नको लागि यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन् ।
यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नको लागि सक्रिय बनाउँछ । यसको मद्धतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ । केही सोधबाट ओलिभ आयल पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ ।
जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर उछालिएर आउने समस्या हुन्छ । उनीहरुलाई अमिला खानेकुरा खान र पिउनबाट निषेध गर्नुपर्छ ।
खासगरि कफी, चकलेट, पिरो र मसालादार खाना, मदिरा, टमाटर र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन । त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम अन्तर राख्ने गर्न हुँदैन ।
हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन भने यो खतरनाक हुन्छ । अवस्था बिग्रँदै गएर पछि पेटको क्यान्सर समेत हुन सक्छ
अल्सरको जोखिमबाट बच्न
अल्सर भएर उपचार गराउनुभन्दा अल्सर हुनै नदिनु उचित हो । यसका लागि सबैभन्दा पहिले त हामीले खानपानमै ध्यान दिनुपर्छ । जथाभावी खाने प्रवृत्ति त्याग्नुपर्छ । तारेको, भुटेको, मसलेदार वा सजिलै नपच्ने खालका खानेकुराहरु, धेरै अमिलो, पिरो खानेकुराहरु वा प्रशोधित र प्याकेटबन्द खानेकुराहरु नियन्त्रण गर्नुपर्छ ।
सुपाच्य र पोषिलो खानेकुरामा जोड दिनुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी सामेल गर्नुपर्छ । यसका साथै दिनचर्या सक्रिय हुन जरुरी छ । नियमित व्यायाम गर्ने, सक्रिय रहने, सकारात्मक रहने अभ्यास गर्नुपर्छ ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend