Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरीले कुखुराको खोरमुनि भेट्यो लागूऔषध

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
सुनसरीमा प्रहरीले कुखुराको खोरमुनि भेट्यो लागूऔषध

सुनसरीः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निरज शिवाकोटी, ममता श्रेष्ठ, रुपेश माझी र मनिष राई रहेका छन् । घरभित्र लुकाई राखिएको अवस्थामा प्रहरीले लागूऔषध भेटेपछि इनरुवा–३ शिवालय टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये निरज घरबेटीका छोरा हुन् भने महिला स्थानीय हुन् । माझी र राई भने रामधुनी नगरपालिका वडा नम्वर ७ का बासिन्दा हुन् । सुनसरीले प्रहरीले उनीहरुलाई लागूऔषध सेवन तथा कारोवारीमा संलग्नताको आधारमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले कुखुराको खोरमुनी खाल्डो खनी लुकाएर राखिएको अवस्थामा विभिन्न किसिमका लागूऔषध फेला पारेको थियो । पक्राउ परेकाहरुमाथि कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend