Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चैनपुरमा गोली हानाहान

हाम्रो कोशी आवाज
पुष १२ २०७७, आइतबार
चैनपुरमा गोली हानाहान

संखुवासभाः संखुवासभामा नेकपा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।
चैनपुर–४ मैदानेमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच आइतबार गोली हानाहान भएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जानकारी दिए ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको जानकारी दिए ।
मल्लका अनुसार चन्द समूहका कार्यकर्ताले ५–६ राउण्ड गोली चलाएका थिए भने प्रहरीले झण्डै १५ राउण्ड गोली चलाएको थियो ।
दुवै समूहबीच गोली हानाहान भए पनि कुनै क्षति भने भएको छैन । उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।

प्रकाशित मिति: पुष १२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend