Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसद विघटन चुनाव गराउन होइनः प्रचण्ड

हाम्रो कोशी आवाज
पुष १४ २०७७, मंगलबार
संसद विघटन चुनाव गराउन होइनः प्रचण्ड

धरानः नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।
मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको बताए । उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए ।
उनले चुनाव हुन्छ भन्ने कुरामा स्वयम् प्रधानमन्त्री ओलीलाई नै नभएको उनले बताए । उनले प्रधानमन्त्री योजना चुनाव नगरी जबर्जस्ती लैजाने रहेको बताए । ‘म हामी जित्छौँ भन्ने लोभ लागेका साथीहरुलाई भ्रममा नपर्न अनुरोध गर्दछु’, उनले भने, ‘हुँदाखादाको बहुमत छाडेर यस्तो दुर्घटना गराउनेले चुनाव गराउँछन्? केपी ओली गोटी भएका हुन् । उनी वैशाखउता प्रधानमन्त्री पनि हुँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तीनको पत्तासाफ हुलेवाला छ ।’
उनले प्रधानमन्त्री ओलीलाई यो गलत कदम सच्याउन आग्रह समेत गरे। उनले अन्य वामपन्थी दललाई पनि संविधानका लागि मिलेर अगाडि बढ्न आग्रह गरे। उनले केही महिना आन्दोलन भए प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति सच्चने दावी गरे।
चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।’ छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।
नेकपाका अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक कदमलाई जहिल्यै अस्वीकार गर्दै अघि बढिरहने बताए । ‘नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ’, उनले भने, ‘हामी जहिल्यै सडकमै रहन्छौं ।’ प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमप्रति मेचीदेखि महाकालीबाट पनि विरोध भएको नेपालले बताए । ।

प्रकाशित मिति: पुष १४ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend