विराटनगरः मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् ।
बुधबार अपरान्ह पौने ५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १७ वर्षीय अनिश अधिकारी लागूऔषधसहित पक्राउ परेका हुन् ।
निजहरुको साथबाट प्रहरीले एभील १ एम्पुल, लुपिजेसिक १ एम्पुल, डाईजोल्याव १ एम्पुल र नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राति १० बजे भद्रपुर नगरपालिका–५ का २५ वर्षीय अर्जुन हल्दार र ३३ वर्षीय मुस्तेक शेकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स १ बोतल र नाइट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् ।
दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन मंगलबार बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।
मोटरसाइकल फेला परेसँगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका–२ का २४ वर्षीय मोहनप्रसाद ताजपुरिया र २९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।