छिरौं घण्टाघर, एकछिन रमाइलो गरौं
कोरोना महामारीले लखतरान बनेका स्थानीयबासी धरानको घण्टाघर परिसरमा रमाउँदै । आजभोलि धरान घण्टाघर परिसरभित्र पस्ने अधिकांश युवापुस्ता टिकटक र सेल्फीमै रमाउँदै गरेको भेटिन्छन् ।




भानुचोकको बसपार्क कहिलेसम्म अस्तव्यस्त ?
धरानस्थित भानुचोक अस्तव्यस्त छ । भनौं बसपार्क झनै साँघुरिँदै गएपछि भानुचोक पनि ‘टाइट’ बन्न थालेको छ । बसपार्क बन्ने भनेको धेरै समय बितेपनि अहिलेसम्म बन्न सकेको छैन । यसपटक भने बसपार्क बन्ने विषयले चर्चा पाउँदै गएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईका अनुसार बसपार्क बन्ने लगभग पक्कापक्की छ । धरान–८ स्थित सुन्दरबस्तीको ३० कट्ठा जग्गामा बसपार्क बन्न लागेको हो ।





सस्तो बजार खुल्दै
धरान–७ शुक्रपथमा शुभम कृषि उपज बजार खुल्ने भएको छ । जहाँ ताजा तरकारी, फलफूल, माछा–मासु साथै सम्पूर्ण खाद्यान्न सामग्री सुपथ मूल्यमा पाइने बजारका सञ्चालक काजी गिरी बताउँछन् ।


तस्वीरहरुः लक्ष्मण थापा