Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हाम्रो कोशी आवाज
पुष १९ २०७७, आइतबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारीः मोरङको उर्लावारी नगरपालिका–४ आइतबारेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
शनिबार पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे६प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको उपचारको क्रममा उर्लाबारीको अरनिको अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: पुष १९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend